भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान, विपिन र स्वस्तिमा उत्कृष्ट

चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान, विपिन र स्वस्तिमा उत्कृष्ट

काठमाडौं । अभिनेत्री चैत्यदेवी सिंहलाई दीर्घसाधनाबाट सम्मान गरिएको छ । चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नगद ३ लाख ७५ हजार रुपैयाँसहित सम्मान गरेका हुन् । सिंहले नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’बाट अभिनय थालेकी थिइन् ।

यस्तै उत्कृष्ट अभिनेत्रीतर्फ स्वस्तिमा खड्का, उत्कृष्ट अभिनेतातर्फ विपिन कार्की र उत्कृष्ट निर्देशकतर्फ निश्चल बस्नेत घोषित भए । विशेष योगदान सम्मान प्राविधिक स्वर्गीय सुरेन्द्रमान श्रेष्ठलाई दिइएको छ । कार्यक्रममा उनकी पत्नी अनिता तुलाधरले सम्मान लिइन् । विशेष सम्मान हास्य अभिनेता तैयर शाह, फिल्म प्रदर्शक केशवप्रसाद रायमाझी,अभिनेत्री विद्या कार्की, द्वन्द्व निर्देशक नारायण प्रधान, निर्माता नरेन्द्र महर्जन,

नन्दकिशोरप्रसाद श्रीवास्तव, भोजबहादुर गुरुङ, सङ्गीत संयोजक अमुल कार्की ढली, चलचित्र प्रदर्शक ध्रुवकुमार श्रेष्ठ, कलाकार बुद्धि तामाङ, अभिनेत्री सविता गुरुङलाई प्रदान गरिएको छ । विशेष चलचित्र पुरस्कार २०८० लक्ष्मण सुवेदीद्वारा निर्मित ‘सतीदेवी’, लिम्बू भाषामा बनेको ‘सुगुप’

र गुरुङ भाषाको ‘मार्कली’ले पाएको छ । उत्कृष्ट फिल्म, उत्कृष्ट लेखन, कथा र पटकथासँगै उत्कृष्ट छायाँकनको पुरस्कार ‘बुलाकी’ले पाएको छ ।आदिवासी जनजाति मातृभाषीतर्फ उत्कृष्ट फिल्मको सम्मान लिम्बू भाषामा बनेको ‘लोजिमा’ ले पाएको छ । निर्णायक समिति प्रोत्साहन पुरस्कारतर्फ ‘टुल्की’बाट स्वस्तिमा कार्की र ‘जारी’बाट रामबाबु गुरुङले पाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.