भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान, विपिन र स्वस्तिमा उत्कृष्ट

चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान, विपिन र स्वस्तिमा उत्कृष्ट

काठमाडौं । अभिनेत्री चैत्यदेवी सिंहलाई दीर्घसाधनाबाट सम्मान गरिएको छ । चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नगद ३ लाख ७५ हजार रुपैयाँसहित सम्मान गरेका हुन् । सिंहले नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’बाट अभिनय थालेकी थिइन् ।

यस्तै उत्कृष्ट अभिनेत्रीतर्फ स्वस्तिमा खड्का, उत्कृष्ट अभिनेतातर्फ विपिन कार्की र उत्कृष्ट निर्देशकतर्फ निश्चल बस्नेत घोषित भए । विशेष योगदान सम्मान प्राविधिक स्वर्गीय सुरेन्द्रमान श्रेष्ठलाई दिइएको छ । कार्यक्रममा उनकी पत्नी अनिता तुलाधरले सम्मान लिइन् । विशेष सम्मान हास्य अभिनेता तैयर शाह, फिल्म प्रदर्शक केशवप्रसाद रायमाझी,अभिनेत्री विद्या कार्की, द्वन्द्व निर्देशक नारायण प्रधान, निर्माता नरेन्द्र महर्जन,

नन्दकिशोरप्रसाद श्रीवास्तव, भोजबहादुर गुरुङ, सङ्गीत संयोजक अमुल कार्की ढली, चलचित्र प्रदर्शक ध्रुवकुमार श्रेष्ठ, कलाकार बुद्धि तामाङ, अभिनेत्री सविता गुरुङलाई प्रदान गरिएको छ । विशेष चलचित्र पुरस्कार २०८० लक्ष्मण सुवेदीद्वारा निर्मित ‘सतीदेवी’, लिम्बू भाषामा बनेको ‘सुगुप’

र गुरुङ भाषाको ‘मार्कली’ले पाएको छ । उत्कृष्ट फिल्म, उत्कृष्ट लेखन, कथा र पटकथासँगै उत्कृष्ट छायाँकनको पुरस्कार ‘बुलाकी’ले पाएको छ ।आदिवासी जनजाति मातृभाषीतर्फ उत्कृष्ट फिल्मको सम्मान लिम्बू भाषामा बनेको ‘लोजिमा’ ले पाएको छ । निर्णायक समिति प्रोत्साहन पुरस्कारतर्फ ‘टुल्की’बाट स्वस्तिमा कार्की र ‘जारी’बाट रामबाबु गुरुङले पाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.