भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

स्वास्थ्य क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचार अन्त्य भएमामात्र जनताले राम्रो उपचार पाउन सक्नेः मेयर प्रजापति

स्वास्थ्य क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचार अन्त्य भएमामात्र जनताले राम्रो उपचार पाउन सक्नेः मेयर प्रजापति

रसुवा । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रसुवाको धुन्चेमा अवस्थित २५ शैय्याको रसुवा अस्पतालमा निरीक्षण गरेका छन् । प्रमुख प्रजापतिलाई रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले अस्पतालमा स्वागत गरेका हुन ।

प्रमुख प्रजापतिले अस्पतालमा उपलब्ध विभिन्न सेवाहरुबारे जानकारी लिँदै अस्पतालका चिकित्सक, कर्मचारीहरुसँग भेटघाट गर्नुभयो । भेटमा उहाँले नेपालको संविधानले सुनिश्चितता गरेको आधारभूत स्वास्थ्य उपचार सबै ठाउँका जनताले पाउनु पर्ने बताउँदै स्वास्थ्य क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचार अन्त्य भएमामात्र जनताले राम्रो उपचार पाउन सक्ने बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिले राम्रो सेवा दिन सके व्यापक जनताको सेवा हुने बताउनु भयो । ग्रामीण क्षेत्रका जनतालाई आधारभूत स्वास्थ्य सेवामात्र प्रभावकारी ढंगले दिन सकिए जनतालाई सहज हुने बताउँदै उहाँले भक्तपुर नगरपालिकाले अहिले स्वास्थ्यको उपचारको क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिनुभयो ।

मेसु झाले रसुवा अस्पतालले उपलब्ध स्रोेत र जनशक्तिबाट जनतालाई सहज रुपमा सेवा दिने प्रयास गरिरहेको बताउँदै २५ शैय्याको रसुवा अस्पतालले धुन्चेका १२ हजार जनसंख्यालाई मध्यनजर गर्दै सेवा प्रदान गर्दै आएको बताउनुभयो । प्रमुख प्रजापतिले मेसु झालाई नपाका प्रकाशनहरु उपहारको रुपमा प्रदान गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.