भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

स्वास्थ्य क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचार अन्त्य भएमामात्र जनताले राम्रो उपचार पाउन सक्नेः मेयर प्रजापति

स्वास्थ्य क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचार अन्त्य भएमामात्र जनताले राम्रो उपचार पाउन सक्नेः मेयर प्रजापति image

रसुवा । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रसुवाको धुन्चेमा अवस्थित २५ शैय्याको रसुवा अस्पतालमा निरीक्षण गरेका छन् । प्रमुख प्रजापतिलाई रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले अस्पतालमा स्वागत गरेका हुन ।

प्रमुख प्रजापतिले अस्पतालमा उपलब्ध विभिन्न सेवाहरुबारे जानकारी लिँदै अस्पतालका चिकित्सक, कर्मचारीहरुसँग भेटघाट गर्नुभयो । भेटमा उहाँले नेपालको संविधानले सुनिश्चितता गरेको आधारभूत स्वास्थ्य उपचार सबै ठाउँका जनताले पाउनु पर्ने बताउँदै स्वास्थ्य क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचार अन्त्य भएमामात्र जनताले राम्रो उपचार पाउन सक्ने बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिले राम्रो सेवा दिन सके व्यापक जनताको सेवा हुने बताउनु भयो । ग्रामीण क्षेत्रका जनतालाई आधारभूत स्वास्थ्य सेवामात्र प्रभावकारी ढंगले दिन सकिए जनतालाई सहज हुने बताउँदै उहाँले भक्तपुर नगरपालिकाले अहिले स्वास्थ्यको उपचारको क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिनुभयो ।

मेसु झाले रसुवा अस्पतालले उपलब्ध स्रोेत र जनशक्तिबाट जनतालाई सहज रुपमा सेवा दिने प्रयास गरिरहेको बताउँदै २५ शैय्याको रसुवा अस्पतालले धुन्चेका १२ हजार जनसंख्यालाई मध्यनजर गर्दै सेवा प्रदान गर्दै आएको बताउनुभयो । प्रमुख प्रजापतिले मेसु झालाई नपाका प्रकाशनहरु उपहारको रुपमा प्रदान गर्नुभएको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda