भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

चार सय एकमा थप ५७ हिमाल आरोहणका लागि खुल्ला गर्ने

चार सय एकमा थप ५७ हिमाल आरोहणका लागि खुल्ला गर्ने

काठमाडौं । नेपाल सरकारले थप ५७ हिमाल आरोहणका लागि खुलाउने प्रक्रिया अघि बढाएको छ । ताप्लेजुङदेखि हुम्लासम्मका विभिन्न ५७ हिमाल आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिस गरेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । मन्त्रिपरिषदले स्वीकृति दिएपछि नयाँ हिमाल आरोहणको बाटो खुल्ने उनको भनाइ छ ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा समावेश अनुसार नेपाल भारत तथा नेपाल चीनसँग सिमाना जोडिएकासहित ५७ वटा हिमाल आरोहणका लागि खुला गर्न लागिएको हो । ५७ हिमालमध्ये ४६ वटा हिमाल चीनसँग, दुई हिमाल भारतसँग सिमाना जोडिएका र नौ वटा हिमाल सीमाभित्रका रहेका छन् ।

आरोहणका लागि खुला गर्न लागिएका हिमालहरू पाँच हजार ८०७ देखि छ हजार ८६८ मिटर उचाइसम्मका छन्। हाल सरकारले आरोहणका लागि ४०१ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । तर पनि सबैमा आरोहण हुन सकेको छैन । हाल पर्यटन विभाग र पर्वतारोहण संघले हिमाल आरोहण अनुमति दिँदै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.