भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चार सय एकमा थप ५७ हिमाल आरोहणका लागि खुल्ला गर्ने

चार सय एकमा थप ५७ हिमाल आरोहणका लागि खुल्ला गर्ने

काठमाडौं । नेपाल सरकारले थप ५७ हिमाल आरोहणका लागि खुलाउने प्रक्रिया अघि बढाएको छ । ताप्लेजुङदेखि हुम्लासम्मका विभिन्न ५७ हिमाल आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिस गरेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । मन्त्रिपरिषदले स्वीकृति दिएपछि नयाँ हिमाल आरोहणको बाटो खुल्ने उनको भनाइ छ ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा समावेश अनुसार नेपाल भारत तथा नेपाल चीनसँग सिमाना जोडिएकासहित ५७ वटा हिमाल आरोहणका लागि खुला गर्न लागिएको हो । ५७ हिमालमध्ये ४६ वटा हिमाल चीनसँग, दुई हिमाल भारतसँग सिमाना जोडिएका र नौ वटा हिमाल सीमाभित्रका रहेका छन् ।

आरोहणका लागि खुला गर्न लागिएका हिमालहरू पाँच हजार ८०७ देखि छ हजार ८६८ मिटर उचाइसम्मका छन्। हाल सरकारले आरोहणका लागि ४०१ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । तर पनि सबैमा आरोहण हुन सकेको छैन । हाल पर्यटन विभाग र पर्वतारोहण संघले हिमाल आरोहण अनुमति दिँदै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.