भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पेट्रोल प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घट्यो

पेट्रोल प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी इन्धनको भाउ घटाएको हो । डिजल र मट्टीतेलको मूल्य काठमाण्डौ र दिपायल क्षेत्रमा लिटरको एक सय ५४ रुपैयाँ पर्नेछ ।

सुर्खेत र दाङ क्षेत्रमा एक सय ५३ रुपैयाँ र धनगढी, वीरगञ्ज, विराटनगरलगायत भारतीय सीमा क्षेत्रमा एक सय ५१ रुपैयाँ ५० पैसा पर्नेछ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाई बिक्री मूल्य कायम गरिएको समेत निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत् रहेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको निगमले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

पेट्रोलको मूल्य काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा लिटरको एक सय ६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा एक सय ६२ र नेपालगञ्ज, धनगढी, वीरगञ्ज, विराटनगर लगायत भारतीय सीमा क्षेत्रमा एक सय ६० रुपैयाँ ५० पैसा पर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.