भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

पेट्रोल प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घट्यो

पेट्रोल प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी इन्धनको भाउ घटाएको हो । डिजल र मट्टीतेलको मूल्य काठमाण्डौ र दिपायल क्षेत्रमा लिटरको एक सय ५४ रुपैयाँ पर्नेछ ।

सुर्खेत र दाङ क्षेत्रमा एक सय ५३ रुपैयाँ र धनगढी, वीरगञ्ज, विराटनगरलगायत भारतीय सीमा क्षेत्रमा एक सय ५१ रुपैयाँ ५० पैसा पर्नेछ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाई बिक्री मूल्य कायम गरिएको समेत निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत् रहेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको निगमले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

पेट्रोलको मूल्य काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा लिटरको एक सय ६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा एक सय ६२ र नेपालगञ्ज, धनगढी, वीरगञ्ज, विराटनगर लगायत भारतीय सीमा क्षेत्रमा एक सय ६० रुपैयाँ ५० पैसा पर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.