भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाँच दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ क्षति हुने अवस्थामा

पाँच दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ क्षति हुने अवस्थामा

कालिकोट । केही दिनदेखि बन्द कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण पहिरो गएपछि बन्द कर्णाली राजमार्गको कालिकोट खण्ड खुलेको हो । कालीकोट खण्डको सडक खुले पनि दही खोलाको पहिरो पन्छाउने काम बाँकी नै रहेकाले कर्णाली राजमार्ग बन्द जस्तै भएको छ ।

दैलेख खण्डको किटु र दही खोलामा पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । चार दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत कालीकोट खण्ड खुलेको हो । गएको बुधवार परेको पानीसँगै आएको बाढी पहिरोले अवरुद्ध भएको हुल्म, एसमोड र गगनेखोलाको पहिरो हटाएपछि कालिकोट खण्ड खुलेको हो ।

कर्णाली राजमार्ग पाँच दिनदेखि अवरुद्ध हुँदा स्याउ बोकेका ट्रक बाटोमा रोकिएका छन् । करोडौँको स्याउ क्षति हुने अवस्थामा पुगेको छ । जुम्लाको स्याउ निर्यात हुने बेलामा भएको सडक अवरोध हटाउन सरकारले ढिलासुस्ती गरेको छ ।

जुम्लामा उत्पादन भएको स्याउ बजार पठाउने बेला सडक अवरुद्ध हुँदा कुहिने जोखिम बढेको किसानले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.