भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

पाँच दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ क्षति हुने अवस्थामा

पाँच दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ क्षति हुने अवस्थामा

कालिकोट । केही दिनदेखि बन्द कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण पहिरो गएपछि बन्द कर्णाली राजमार्गको कालिकोट खण्ड खुलेको हो । कालीकोट खण्डको सडक खुले पनि दही खोलाको पहिरो पन्छाउने काम बाँकी नै रहेकाले कर्णाली राजमार्ग बन्द जस्तै भएको छ ।

दैलेख खण्डको किटु र दही खोलामा पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । चार दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत कालीकोट खण्ड खुलेको हो । गएको बुधवार परेको पानीसँगै आएको बाढी पहिरोले अवरुद्ध भएको हुल्म, एसमोड र गगनेखोलाको पहिरो हटाएपछि कालिकोट खण्ड खुलेको हो ।

कर्णाली राजमार्ग पाँच दिनदेखि अवरुद्ध हुँदा स्याउ बोकेका ट्रक बाटोमा रोकिएका छन् । करोडौँको स्याउ क्षति हुने अवस्थामा पुगेको छ । जुम्लाको स्याउ निर्यात हुने बेलामा भएको सडक अवरोध हटाउन सरकारले ढिलासुस्ती गरेको छ ।

जुम्लामा उत्पादन भएको स्याउ बजार पठाउने बेला सडक अवरुद्ध हुँदा कुहिने जोखिम बढेको किसानले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.