भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अर्थतन्त्रमा सोचेकोभन्दा बढी सुधार हुँदै गएको प्रधानमन्त्रीको दावी

अर्थतन्त्रमा सोचेकोभन्दा बढी सुधार हुँदै गएको प्रधानमन्त्रीको दावी

दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रमा सोचेकोभन्दा बढी सुधार हुँदै गएको बताएका छन् । सदरमुकाम चरिकोटमा बृहत दोलखा महोत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले रेमिट्यान्स ३० प्रतिशतले बृद्धि भएको भन्दै अर्थतन्त्र लयमा फर्केको बताए ।

प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा भयानक संकटोन्मुख रहेको अर्थतन्त्र त्यसको ठिक एक वर्षपछि लयमा फर्काउन सरकार सफल भएको दावी गरे । तीन महिनालाई पनि नपुग्ने विदेशी मुद्रा सञ्चिति दर अहिले १३÷१४ महिनालाई पुग्नेगरी बृद्धि भएको बताए ।

अर्को प्रसंगमा आफु दह्रो खुट्टा टेकेर नै प्रधानमन्त्री बनेको उल्लेख गर्दै दोलखाको भिमेश्वर नगरपालिका वडा ९ को डाङडुङ्गे डाडामा प्रधानमन्त्री हुँदा प्रस्तावित फिल्म सिटि निर्माण कार्य अब अगाडि बढाउने प्रतिवद्धता जनाए ।

मुलुकको आर्थिक उन्नतीका लागि छिमेकी मुलुक चीन र भारतसँग जोड्ने सबैभन्दा नजिकको दुरीमा दोलखा पर्नेहुँदा तामाकाशी कोरिडोर निर्माणलाई तिव्रता दिने र पर्यनटमैत्री राजमार्गमा स्तरवृद्धि गर्न सरकारले पहल थालेको बताए ।

 


Thali Mobile Pvt.Ltd.