भर्खरै : Sorry, your browser does not support inline SVG.

गोरु पाल्ने किसानलाई प्रोत्साहन

गोरु पाल्ने किसानलाई प्रोत्साहन

मुख्य बुँदा

पोखरा महानगरले गोरु पाल्ने किसानलाई उन्नत बीउबिजन वितरण गर्यो।

५५० किसानले यसअघि प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले ५५ लाख अनुदान पाएका थिए।

परम्परागत कृषि संरक्षण र किसानलाई प्रोत्साहन गर्ने उद्देश्य।

अनुदानपछि बाँझो जमिन छोड्ने प्रवृत्तिमा कमी आएको महानगरको दाबी।

वडा नं. १६ र २१ मा सबैभन्दा बढी किसान लाभान्वित।

कास्की, ३ साउन । पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ ।

आर्थिक वर्ष २०८१–८२ मा १९ वटा वडाका ५५० गोरुका किसानलाई रु १० हजारका दरले रु ५५ लाख प्रोत्साहन रकम प्रदान गरिएकामा गत आवमा तिनै किसानलाई लक्षित गरी उन्नत जातको बीउबिजन वितरण गरिएको हो ।

किसानलाई हौसलासहित परम्परागत कृषि प्रणालीको जगेर्नाका लागि गोरु पाल्नेलाई प्रोत्साहन अनुदान उपलब्ध गराइएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।

गोरु पाल्ने किसानलाई अनुदान दिन थालेपछि जग्गा बाँझो छोड्ने प्रवृत्तिमा पनि केही कमी आएको छ । महानगरले सबैभन्दा बढी वडा नं २१ का ८४, वडा नं १६ का ८४, वडा नं २४ का ६२, वडा नं २३ का ५१, वडा नं २० का ४८, वडा नं २२ का २८, वडा नं १८ का ३१, वडा नं २८ का ३२,

वडा नं ३१ का ३८, वडा नं ३३ का २९, वडा नं। १३ का १२, वडा नं १९ का आठ, वडा नं २७ का छ, वडा नं २६ का पाँच, वडा नं २५ का तीन, वडा नं ३२ का ११ र वडा नं ६ मा दुई–दुई र वडा नं १५ एक गोरू पाल्ने किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराएको हो । रासस

 


Thali Mobile Pvt.Ltd.