भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पोखरामा मच्छिन्द्र र जावलाखेल साढे २ बजे भिड्दै

पोखरामा मच्छिन्द्र र जावलाखेल साढे २ बजे भिड्दै

पोखरा । आहारारा पोखरा गोल्डकपको २३औं संस्करणमा आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब भिड्दै छन् । खेल साढे २ बजे पोखरा रंगशाला फुटबल मैदानमा हुनेछ । दुवै टिम उपाधिविहीन छन् । मच्छिन्द्रले ५ र जावलाखेल युथ क्लबले तीन पटक भाग लिएका छन् । तर, कुनै पनि संस्करणमा दुवै टिम भिडेका थिएनन् ।

मच्छिन्द्रको यो छैंटौं सहभागिता हो । अघिल्लो संस्करणमा प्रिक्वार्टर फाइनलमै चर्च ब्वाइजसँग मच्छिन्द्र ३-१ ले पराजित हुँदै बाहिरिएको थियो । जावलाखेलको आहारारामा यो चौंथो सहभागिता हो । २०६८ मा भएको दशौं आहारारा गोल्डकपमा पहिलोपटक सहभागी भएको जावलाखेलले डेब्यु प्रतियोगितामै फाइनलसम्म पुगेको थियो ।

फाइनलमा मनाङमर्स्याङ्दी क्लबसँग २-० अन्तरले पराजित हुँदै इतिहास कायम गर्न चुक्यो । ११औं आहारारा गोल्डकपमा पनि जावलाखेल सेमिफाइनलसम्म पुगेको थियो । उक्त संस्करणको सेमिफाइनलमा थ्रीस्टारसँग २–१ ले पराजित भएको थियो ।

१२औं संस्करण पनि सहभागी भएको जावलाखेल प्रिक्वार्टरमै संकटा क्लबसँग १(० ले पराजित हुँदै बाहिरिएपछि भने आहारारा गोल्डकपमा सहभागी हुन छोडेको थियो । आहारारामा जावलाखेल एक दशकपछि फर्किएको हो । यसपटक जावलाखेलले नरेश थापाको प्रशिक्षणमा टोलीलाई मैदान प्रवेश गराउँदैछ ।

 


Thali Mobile Pvt.Ltd.