भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

एक महिने श्री स्वस्थानीको व्रत शुरु

एक महिने श्री स्वस्थानीको व्रत शुरु

काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिन शुरु गरिने श्रीस्वस्थानीको व्रत विहीबारबाट सुरु भएको छ । नेपाली हिन्दु समुदायमा एक महिने श्री स्वस्थानीको व्रतको शुरु भएको हो । व्रत समाप्तीका दिन भने विशेष पूजा गरेर १०८ वटा प्रसादहरु (फूल, अक्षता, फलफूल नैवेद्य, पान, जनै, सुपारी आदि) चढाउने गरिन्छ ।

स्वस्थानी अवधिभर गुह्येश्वरी, गौरीघाट, गोकर्ण, साँखको शालीनदीलगायतका स्थानमा व्रतालु तथा दर्शनार्थिको घुइँचो लाग्दछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानीको कथा साँझपख वाचन गर्ने र सुन्ने परम्परा छ ।

विधिपूर्वक व्रत बस्नेले नुहाएर दिउँसो महादेव र स्वस्थानी परमेश्वरीको पूजा गर्दछन् । विधिपूर्वक श्री स्वस्थानीको व्रत गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वास छ । श्री स्वस्थानीको कथामा ३१ अध्याय रहेका छन् भने स्वस्थानी कथा नेपाली भाषामा पनि पाइन्छ ।

 


Thali Mobile Pvt.Ltd.