भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एक महिने श्री स्वस्थानीको व्रत शुरु

एक महिने श्री स्वस्थानीको व्रत शुरु

काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिन शुरु गरिने श्रीस्वस्थानीको व्रत विहीबारबाट सुरु भएको छ । नेपाली हिन्दु समुदायमा एक महिने श्री स्वस्थानीको व्रतको शुरु भएको हो । व्रत समाप्तीका दिन भने विशेष पूजा गरेर १०८ वटा प्रसादहरु (फूल, अक्षता, फलफूल नैवेद्य, पान, जनै, सुपारी आदि) चढाउने गरिन्छ ।

स्वस्थानी अवधिभर गुह्येश्वरी, गौरीघाट, गोकर्ण, साँखको शालीनदीलगायतका स्थानमा व्रतालु तथा दर्शनार्थिको घुइँचो लाग्दछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानीको कथा साँझपख वाचन गर्ने र सुन्ने परम्परा छ ।

विधिपूर्वक व्रत बस्नेले नुहाएर दिउँसो महादेव र स्वस्थानी परमेश्वरीको पूजा गर्दछन् । विधिपूर्वक श्री स्वस्थानीको व्रत गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वास छ । श्री स्वस्थानीको कथामा ३१ अध्याय रहेका छन् भने स्वस्थानी कथा नेपाली भाषामा पनि पाइन्छ ।

 


Thali Mobile Pvt.Ltd.