भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

पुजाको प्रसाद खाँदा गाउँनै विरामी

पुजाको प्रसाद खाँदा गाउँनै विरामी

काठमाडौं । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँका सबै बिरामी परेका छन् । अर्जुनधारा नगरपालिका ९ को खरबन्दी गाउँ नै बिरामी परेको हो । स्थानीय रीता निरौलाको घरमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए ।

प्रसादी खाने सबै बिरामी परेका छन् । पूजा घरमा पुगेर प्रसाद खानेहरु बिरामी परेको स्थानीय विद्या कटवालले बताइन् । घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन् । गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ६० जनाबढी बिरामी भएक अर्जुनधारा नगरपालिका ९ का वडा अध्यक्ष भिष्म मिश्रले बताए ।

बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको उनको भनाइ छ । प्रसाद खाएको केही समयपछि सबैलाई वान्ता र डाइरिया र ज्वरो पनि आएको छ । पुजाको प्रसादमा फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए ।

 


Thali Mobile Pvt.Ltd.