भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

पुजाको प्रसाद खाँदा गाउँनै विरामी

पुजाको प्रसाद खाँदा गाउँनै विरामी

काठमाडौं । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँका सबै बिरामी परेका छन् । अर्जुनधारा नगरपालिका ९ को खरबन्दी गाउँ नै बिरामी परेको हो । स्थानीय रीता निरौलाको घरमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए ।

प्रसादी खाने सबै बिरामी परेका छन् । पूजा घरमा पुगेर प्रसाद खानेहरु बिरामी परेको स्थानीय विद्या कटवालले बताइन् । घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन् । गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ६० जनाबढी बिरामी भएक अर्जुनधारा नगरपालिका ९ का वडा अध्यक्ष भिष्म मिश्रले बताए ।

बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको उनको भनाइ छ । प्रसाद खाएको केही समयपछि सबैलाई वान्ता र डाइरिया र ज्वरो पनि आएको छ । पुजाको प्रसादमा फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए ।

 


Thali Mobile Pvt.Ltd.