काठमाडौं । संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको सम्झना स्वरुप राजधानीमा एक केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका छन् ।
आज एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै प्रम ओलीले यस्तो घोषणा गरेका हुन् । सुवाषचन्द्र नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शहरुलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन ।
प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय सचिवालय बैठकबाट गरिने जानकारी दिदै ओलीले नेताहरुका नामका प्रतिष्ठान नेताहरुको आदर्श, नेताहरुको विचार, नेताहरुले हिँडेको बाटो, नेताहरुको व्यवहार, आचरण, नेताहरुको गतिशील इच्छा, आकंक्षा र प्रवृत्ति अनुरूप चल्ने उनको भनाइ छ ।
नेताहरुको नाममा प्रतिष्ठान, विद्यालयहरु खोलेर दुरुपयोग गरिएको भन्दै यस्ता कुरालाई समयक्रममा आन्दोलन, जनता, देशको हित र पक्षमा उभ्याउनुपर्ने उनको धारणा छ । यसैबीच प्रतिष्ठानहरु कसैलाई कब्जा गर्न नदिइ नेताहरुको विचार भावनाबाट प्रेरित र नयाँ पुस्ताको अध्यनको केन्द्र बन्नु पर्ने कार्यक्रमा सहभागिले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, १ असार । नेपाल विद्युत् प्राधिकरणले शनिवार रातिदेखि बङ्गलादेशतर्फ दैनिक ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। त्रिपक्षीय सम्झौताअनुसार यो निर्यात पाँच महिनासम्म अर्थात् कात्तिक २९ सम्म सञ्चालन...
एजेन्सी, ०१ असार । भारतको अहमदाबादमा लन्डनका लागि उडेको एयर इन्डियाको ड्रीमलाइनर विमान दुर्घटनामा परेर ज्यान गुमाएका क्याबिन क्रु सदस्यहरूको कथा आँशु झार्ने खालका छन्। एकातिर दशौँ वर्षको सेवा सकेर...
तेल अभिभ, १ असार । इजरायलले गरेको पछिल्लो सैन्य कारबाहीको जवाफस्वरूप इरानले इजरायलको मध्य र उत्तरी भागमा मिसाइल हमला गरेको छ। यस आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु र १००...
म्याग्दी, ३१ जेठ। म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन् । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका मह सिकारी...