भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

स्व सुवासचन्द्र नेम्वाङको सम्झनाः केन्द्रिय प्रतिष्ठान निर्माण गर्ने ओलीको घोषणा

स्व सुवासचन्द्र नेम्वाङको सम्झनाः केन्द्रिय प्रतिष्ठान निर्माण गर्ने ओलीको घोषणा

काठमाडौं । संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको सम्झना स्वरुप राजधानीमा एक केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका छन् ।

आज एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै प्रम ओलीले यस्तो घोषणा गरेका हुन् । सुवाषचन्द्र नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शहरुलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन ।

प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय सचिवालय बैठकबाट गरिने जानकारी दिदै ओलीले नेताहरुका नामका प्रतिष्ठान नेताहरुको आदर्श, नेताहरुको विचार, नेताहरुले हिँडेको बाटो, नेताहरुको व्यवहार, आचरण, नेताहरुको गतिशील इच्छा, आकंक्षा र प्रवृत्ति अनुरूप चल्ने उनको भनाइ छ ।

नेताहरुको नाममा प्रतिष्ठान, विद्यालयहरु खोलेर दुरुपयोग गरिएको भन्दै यस्ता कुरालाई समयक्रममा आन्दोलन, जनता, देशको हित र पक्षमा उभ्याउनुपर्ने उनको धारणा छ । यसैबीच प्रतिष्ठानहरु कसैलाई कब्जा गर्न नदिइ नेताहरुको विचार भावनाबाट प्रेरित र नयाँ पुस्ताको अध्यनको केन्द्र बन्नु पर्ने कार्यक्रमा सहभागिले बताए ।

 


Thali Mobile Pvt.Ltd.