भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा |

प्रचण्डले चीन र अमेरिकाको नाम लिदा किन झस्कीए दलहरु ?

प्रचण्डले चीन र अमेरिकाको नाम लिदा किन झस्कीए दलहरु ?

काठमाडौं । भारतले सामुदायिक स्तरका विकास आयोजनाहरूलाई दिने रकमको सीमा २० करोड पुर्‍याउन दिने भनेर गरिएको सहमतिले भारतलाई एकपक्षीय रूपमा आयोजना छनोट र कार्यान्वयन गर्न सुविधा नदिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रतिनिधिसभाको कानुन समितिमा बोल्दै प्रधानमन्त्रीले चीन, अमेरिका र ब्रिटेनजस्ता मुलुकले कैयौँ त्यस्ता आयोजना आफैँ सञ्चालन गर्ने गरेको बताएपछि अन्य दलमा आवद्ध साँसदहरु झस्कीएका छन् ।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका कतिपय नेताहरूले अघिल्लो साता भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा सामुदायिक परियोजनाको अधिकतम बजेटको सीमालाई ५ करोड रुपैयाँबाट बढाएर २० करोड रुपैयाँ पुर्‍याउने भनेर गरिएको सम्झौता राष्ट्रहीत विपरीत रहेको तर्क गरेका थिए । त्यस्तो सहायता रकम नेपालस्थित भारतीय राजदूतावासले छानेका परियोजनामा ‘सोझै’ खर्च गरिने उक्त सम्झौताको विरोध गर्दै आएका नेताहरूले बताएका छन् ।

एस जयशङ्करको नेपाल भ्रमणका क्रममा दिल्ली र काठमाण्डूले दीर्घकालीन ऊर्जा व्यापारसहित ४ वटा सम्झौतामा हस्ताक्षर गरेका दुवै देशका अधिकारीहरूले बताएका थिए । तर सत्तापक्षकै एकसरी नेताहरू एवं विपक्षी दलका नेताहरूले ती सम्झौताबारे प्रश्न उठाउँदै आएका थिए । त्यसबेला नेपाल भारत सीमा समस्या, सन् १९५० को सन्धिको पुनरावलोन जस्ता विषयमा पनि गम्भीरतापूर्वक कुराकानी भएको प्रधानमन्त्रीले संसदीय समितिमा बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.