भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

किन बोलाए प्रधानमन्त्रीले कां‌ग्रेसलाई ?

किन बोलाए प्रधानमन्त्रीले कां‌ग्रेसलाई ?

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्नका लागि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलमा बोलाएका छन् । जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने तर, नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमतिका लागि आज छलफलमा बोलाएका हुन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ । सत्तारुढ दल त्यसमा सकारात्मक देखिएको छैन ।

शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनमा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने अडान कायमै राखेर काँग्रेसले नाराबाजी गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.