भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन?

प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन?

मुख्य बुँदा

प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहलाई अनुभवी नेताहरूसँग संवाद गर्न आग्रह गरे।

संवादमा अहंकार बाधक बनेको हो कि भन्ने प्रश्न उठाए।

भ्रष्टाचारका विषयमा खुला छलफल गर्न आफूहरू तयार रहेको बताए।

प्रतिपक्षलाई बेवास्ता गर्दा देश थप जटिलतामा पर्ने चेतावनी।

राजनीतिक सहमति र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड।

काठमाडौं, १४ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई अनुभवी राजनीतिक नेतृत्व तथा बुद्धिजीवीहरूसँग संवाद गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली र प्रतिपक्षप्रतिको दृष्टिकोणबारे प्रश्न उठाए।

प्रचण्डले नेपालमा विगतका जटिल राजनीतिक तथा राष्ट्रिय समस्याको समाधानमा भूमिका खेलेका अनुभवी नेता र बुद्धिजीवीहरूको ठूलो समूह रहेको उल्लेख गर्दै उनीहरूको अनुभवको उपयोग गर्न सरकार तयार हुनुपर्ने बताए।

उनले प्रश्न गर्दै भने, “हामीसँग अनुभव भएका नेता र बुद्धिजीवीहरू हुनुहुन्छ। उनीहरूसँग संवाद गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई के कुराले रोकेको छ? कतै उहाँभित्रको अहंकारले त संवाद रोकिएको होइन? नेतृत्वले दम्भ पालेर मुलुक चल्दैन।”

भ्रष्टाचार नियन्त्रणको प्रसङ्ग उल्लेख गर्दै प्रचण्डले प्रधानमन्त्रीले पुराना राजनीतिक नेतृत्वसँग खुलेर प्रश्न गर्न सक्ने वातावरण बनाउनुपर्ने बताए। उनले आफूहरूमाथि प्रश्न उठे त्यसको जवाफ दिन तयार रहेको उल्लेख गर्दै संवादबाट टाढा रहने प्रवृत्तिले समस्या समाधान नहुने धारणा व्यक्त गरे।

उनले भने, “हामीलाई पनि ‘तपाईंहरूले भ्रष्टाचारविरुद्ध काम गर्छु भन्नुभएको थियो, के कुराले रोक्यो?’ भनेर सोधेको भए हामी जवाफ दिन तयार थियौँ। तर अहिले संवादबाटै भाग्ने काम भइरहेको छ।”

प्रचण्डले नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रका नेताहरूले विभिन्न राजनीतिक सङ्घर्ष र राष्ट्रिय संकटको सामना गर्दै अनुभव हासिल गरेको दाबी गर्दै सरकारलाई त्यस अनुभवको उपयोग गर्न आग्रह गरे।

उनले प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्दा लोकतान्त्रिक अभ्यास कमजोर हुने र राष्ट्र थप जटिलतामा फस्न सक्ने चेतावनी दिए। संवाद, सहकार्य र राजनीतिक सहमतिबाट मात्र राष्ट्रिय समस्या समाधान सम्भव हुने उल्लेख गर्दै उनले प्रतिपक्षको भूमिकालाई सम्मान गर्न सरकारसँग आग्रह गरे।

 


Thali Mobile Pvt.Ltd.