भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

प्रदेश प्रमुखले लिए शपथ

प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं । तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुख नियुक्ति सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई प्रदेश प्रमुख नियुक्त गरेका हुन् । बुधबार नै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई बुधबार नै पदमुक्त गरेका थिए ।

कांग्रेसको गठबन्धन छोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेस निकट प्रदेश प्रमुख हटाएर एमाले निकटका व्यक्तिहरु प्रदेश प्रमुख नियुक्त गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.