भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

नागरिक उन्मुक्ति पार्टी भित्र विवाद चर्किएको स्वीकार

नागरिक उन्मुक्ति पार्टी भित्र विवाद चर्किएको स्वीकार

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी भित्र विवाद चर्किएको अध्यक्ष रञ्जिता श्रेष्ठले स्वीकार गरेकी छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले श्रीमान् रेशम चौधरी र आफूबीच पार्टीगत रूपमा विचार नमिलेको स्विकारेकी हुन ।

रञ्जिताले भनिन्, ‘मन्त्री पाउन विश्वासको मत दिएको होइन। पार्टी छुट्टै कुरा हो। परिवार छुट्टै कुरा हो। परिवारमा हाम्रो त्यस्तो केही पनि छैन। रेशम पार्टीका संस्थापक र जन्मदाता हुनुहुन्छ। पार्टीको महाधिवेशन गरेर उहाँलाई सर्वसम्मत रूपमा अध्यक्ष स्विकारेको हो। परिवार फुट्दैन। म आफू सँगै छु नि स्टाटस लेख्दा। पार्टीगत रूपमा हाम्रो मत फरक हो।’

अध्यक्ष श्रेष्ठले पार्टी र परिवार छुट्टै कुरा भएको भन्दै पार्टीका संस्थापक तथा आफ्ना श्रीमान् रेशम चौधरीसँग पार्टीगत रूपमा विचार नमिलेको बताएकी हुन ।

 


Thali Mobile Pvt.Ltd.