भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

प्रतिनिधिसभा बैठक बस्दै, भूमि संशोधन विधेयक र विनियोजन छलफल कार्यसूचीमा

प्रतिनिधिसभा बैठक बस्दै, भूमि संशोधन विधेयक र विनियोजन छलफल कार्यसूचीमा

काठमाडौँ, ३१ वैशाख । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयकहरू र छलफल कार्यसूचीमा रहेका छन्।

बैठकमा प्रमुख रूपमा “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२” प्रस्तुत गरिनेछ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उक्त विधेयक संसदमा पेश गर्ने तयारी गरेका छन्। यस विधेयकमाथि सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको सूचना पनि निर्णयार्थ प्रस्तुत गरिनेछ।

साथै, विनियोजन विधेयक २०८२ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल समेत बैठकको कार्यसूचीमा रहेको संसद् सचिवालयले जनाएको छ।

महत्वपूर्ण विधेयकहरूमाथि छलफल हुँदै गएको सन्दर्भमा यो बैठक संसदको विधायन प्रक्रियामा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

कार्यसूची यस्ताे छ…

काठमाडौँ, वैशाख ३१ – संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयकहरू र छलफल कार्यसूचीमा रहेका छन्। बैठकमा प्रमुख रूपमा “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२” प्रस्तुत गरिनेछ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उक्त विधेयक संसदमा पेश गर्ने तयारी गरेका छन्। यस विधेयकमाथि सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको सूचना पनि निर्णयार्थ प्रस्तुत गरिनेछ। साथै, विनियोजन विधेयक २०८२ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल समेत बैठकको कार्यसूचीमा रहेको संसद् सचिवालयले जनाएको छ। महत्वपूर्ण विधेयकहरूमाथि छलफल हुँदै गएको सन्दर्भमा यो बैठक संसदको विधायन प्रक्रियामा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.