भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

पश्चिमी र स्थानीय वायुको प्रभाव: देशका यी भागहरूमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव: देशका यी भागहरूमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ, ३१ वैशाख । देशभर हाल पश्चिमी वायु र स्थानीय वायूको सक्रिय प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यस प्रणालीको असरले विशेषगरी गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा अन्य पहाडी भूभागमा एक–दुई स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ।

त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि रहेको जनाइएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावाहुरीको जोखिम समेत देखिएको छ। यस्तो मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले सबैलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.