भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

अलमलमा प्रधानमन्त्री प्रचण्ड

अलमलमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । सोमबार मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक परामर्शमा जुटेका छन् ।

प्रधानमन्त्री दाहाल नेतृत्वको दल नेकपा माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक केहि बेरमा बस्दैछ । पार्टीको बैठक सकाएर प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनमा रहेका दलहरुसँग परामर्श गर्ने तयारी गरिरहेका छन् ।

नेपाली काँग्रेस र नेकपा एमालेको सत्ता समीकरण बनेसंगै अल्पमतमा परेका प्रम दाहाल अहिले तत्काल राजीमाना दिने वा संसदमा विश्वासको मत लिने भन्ने छलफलमै छन् । प्रधानमन्त्री स्रोतका अनुसार राजीनामा दिने वा नदिने विषयमा छलफल भइसकेको छैन् ।

अब के हुन सक्छ त ?
अहिलेको अवस्थामा यदि प्रधानमन्त्री दाहाले तत्काल राजीनामा नदिए नेकपा एमालेले आफ्नो सर्मथन फिर्ता लिनसक्छ । संवैधानिक व्यवस्थानुसार प्रधानमन्त्री दाहालसंग विश्वासको मत लिन ३० दिन रहन्छ ।
प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत नपाए नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

 


Thali Mobile Pvt.Ltd.