भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

काँग्रेस-एमाले गठबन्धनप्रति बालेनको कटाक्ष-‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले’

काँग्रेस-एमाले गठबन्धनप्रति बालेनको कटाक्ष-‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले संसद्का दुई ठुला दल काँग्रेस र एमालेको गठबन्धनलाई  ‘काले काले मिलेर खाउँ भाले’ भन्दै कटाक्ष गरेका छन् ।

साेमबार मध्यरातमा  नेपाली काँग्रेस र नेकपा(एमाले)बिच नयाँ समीकरण बनाउने सहमति भएसँगै मङ्गलवार बिहान  मेयर साहले ‘यो समय गिरिबन्धु चियाको हो,  काले काले मिलेर खाऊ भाले’ भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका हुन् ।

गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा एकपल्टलाई बेच्न दिने विधेयक संसदबाट पास भएको र नेपाल मजदुर किसान पार्टी र काँग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भएको भन्दै मेयर साहले कमेन्टमा आफ्नो स्ट्याटसलाई थप प्रष्ट्याएका छन् । 

 


Thali Mobile Pvt.Ltd.