भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

नेपालबाट बङ्ग्लादेश बिजुली लैजाने बाटो खुल्यो, सीसीजीपीद्वारा बिजुली आयात गर्ने प्रस्ताव स्वीकृत

नेपालबाट बङ्ग्लादेश बिजुली लैजाने बाटो खुल्यो, सीसीजीपीद्वारा बिजुली आयात गर्ने प्रस्ताव स्वीकृत

काठमाण्डौ । नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने प्रस्तावलाई बंगलादेशले स्वीकृत गरेको छ । बङ्ग्लादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी) ले उक्त प्रस्ताव स्वकृत गरेको हो ।

अब बङ्ग्लादेश पावर डेभलपमेन्ट बोर्डले भारतको विद्युत् व्यापार निगम र नेपाल विद्युत् प्राधिकरणसँग त्रिपक्षीय सम्झौता गरेर नेपालबाट बिजुली लैजाने बाटो खुलेको छ । बङ्ग्लादेशले प्रति युनिट ८ दशमलव १७ बङ्ग्लादेशी टाका अर्थात् नौ रुपैयाँ ३० पैसामा बिजुली आयात गर्ने बङ्ग्लादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

बङ्ग्लादेशका अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा मंगलबार बसेको १५ औँ बैठकले नेपालबाट बिजुली आयात गर्ने प्रस्ताव स्वीकृत गरेको बङ्ग्लादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

बङ्ग्लादेशले भारतलाई प्रसारण लाइन प्रयोगबापतको शुल्क तिर्नुपर्ने भए पनि मूल्य तय भइसकेको छैन । नेपालले ढल्केबर–मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बहरमपुर–भेरामारा प्रसारण लाइनबाट बङ्ग्लादेशलाई बिजुली निर्यात गर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.