भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

जीतगढी झर्ने ओरालोमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

जीतगढी झर्ने ओरालोमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रूपन्देहीको बुटवल फर्किँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

घटनामा परेर स्याङ्जा पुलतीबजार घर भइ बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुधबार भएको दुर्घटना तीन जनाको मृत्यु हुँनुका साथै दुई जना घाइते भएका छन्। घटनामा बुटवल ९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल ११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जीप ओरोलो घुम्ती सडकमा दुर्घटना भएको हो। जीपमा सवार घुम्न पाल्पा र रूपन्देहीको नुवाकोटगढी गएका थिए। लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.