भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

१२ लाख मूल्यभन्दा बढीको अबैध सामान बरामद

१२ लाख मूल्यभन्दा बढीको अबैध सामान बरामद

जनकपुर । धनुषा जिल्लाको विभिन्न स्थानबाट १२ लाख रुपैयाँभन्दा बढिको लत्ताकपडासहित मोटरसाइकल सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ ।जनकनन्दिनी गाउँपालिका–१ ईनर्वास्थित अड्डा टोल ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी ईनर्वाबाट विशेष सुचनाका आधारमा ३ लाख ७५ हजार मूल्य बराबरको लत्ताकपडासहित ओरार पसारमा प्रयोग गरिएका करिब ४ लाख ५० हजार मूल्य बराबरको मोटरसाईकल बरामद गरेको हो ।

सशस्त्र प्रहरीले भारतबाट भन्सार छली ज ११ प ६३२१, प्रदेश २ ०२–००१ प ०२०८ र ज ७ प ८७५६ नम्बरको तीन वटा मोटरसाइकलमा राखेर ल्याउँदै गरेको लत्ताकपडासहित र जनकपुरस्थित महावीर चोकबाट २ वटा मोटरसाईकलमा अबैध रुपमा ल्याउँदै गरेको अन्दाजी २ लाख मूल्य बराबरको लत्ताकपडा र लत्ताकपडा ल्याउन प्रयोग गरेको अन्दाजी २ लाख मूल्य बराबरको मोटरसाइकल समेत बरामद गरेको छ ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात तस्करहरु मोटरसाइकल र सामान छाडी भागेका थिए । बरामद लत्ताकपडा तथा मोटरसाइकल आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.