१२ लाख मूल्यभन्दा बढीको अबैध सामान बरामद

१२ लाख मूल्यभन्दा बढीको अबैध सामान बरामद image

जनकपुर । धनुषा जिल्लाको विभिन्न स्थानबाट १२ लाख रुपैयाँभन्दा बढिको लत्ताकपडासहित मोटरसाइकल सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ ।जनकनन्दिनी गाउँपालिका–१ ईनर्वास्थित अड्डा टोल ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी ईनर्वाबाट विशेष सुचनाका आधारमा ३ लाख ७५ हजार मूल्य बराबरको लत्ताकपडासहित ओरार पसारमा प्रयोग गरिएका करिब ४ लाख ५० हजार मूल्य बराबरको मोटरसाईकल बरामद गरेको हो ।

सशस्त्र प्रहरीले भारतबाट भन्सार छली ज ११ प ६३२१, प्रदेश २ ०२–००१ प ०२०८ र ज ७ प ८७५६ नम्बरको तीन वटा मोटरसाइकलमा राखेर ल्याउँदै गरेको लत्ताकपडासहित र जनकपुरस्थित महावीर चोकबाट २ वटा मोटरसाईकलमा अबैध रुपमा ल्याउँदै गरेको अन्दाजी २ लाख मूल्य बराबरको लत्ताकपडा र लत्ताकपडा ल्याउन प्रयोग गरेको अन्दाजी २ लाख मूल्य बराबरको मोटरसाइकल समेत बरामद गरेको छ ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात तस्करहरु मोटरसाइकल र सामान छाडी भागेका थिए । बरामद लत्ताकपडा तथा मोटरसाइकल आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ? image

    यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ?

    काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरुको प्रारम्भिक...

  • विदेशी कैदीबन्दीले भरियो केन्द्रीय कारागार image

    विदेशी कैदीबन्दीले भरियो केन्द्रीय कारागार

    काठमाडौं । सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा विदेशी कैदीबन्दीले भरिएको छ । २६१ विदेशी कैदीबन्दी रहेको केन्द्रीय कारागारमा विभिन्न मुलुकबाट नेपाल आएर आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए...

  • लेखा समितिमा आज एनसेल बिक्रीबारे छलफल image

    लेखा समितिमा आज एनसेल बिक्रीबारे छलफल

    काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्रीबारे आज छलफल गर्ने भएको छ । समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री...

  • चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ image

    चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

    रसुवा । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट रु तीन करोड ३१ लाख ८१...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon