पञ्जाबमा एक महिनामा १३ सय गाउँ डुबे, साढे २ लाख प्रभावित

पञ्जाबमा एक महिनामा १३ सय गाउँ डुबे, साढे २ लाख प्रभावित

भारत, १७ भाद्र । भारतको पञ्जाब राज्यमा गएको एक महिनाभित्रै करिब १३०० गाउँ बाढीले डुबाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार १ अगष्टदेखि १ सेप्टेम्बरसम्म राज्यका कयौँ क्षेत्रमा लगातार भएको भारी वर्षापछि बाढी आएको हो।

यस विपत्तिबाट २ लाख ५० हजारभन्दा बढी मानिस प्रत्यक्ष प्रभावित भएका छन् भने कम्तीमा ३० जनाले ज्यान गुमाएका छन्।राज्य सरकारले यो दशककै गम्भीर प्राकृतिक विपत्ति भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

सतलुज, ब्यास र रावी नदीका किनारका बस्तीहरू अत्यधिक प्रभावित भएका छन्। अमृतसर जिल्ला सबैभन्दा बढी प्रभावित बनेको छ जहाँ करिब ३५ हजार मानिस विस्थापित भएका छन्।

बाढीको बढ्दो खतरालाई ध्यानमा राख्दै चण्डीगढसहित विभिन्न सहरका विद्यालय बन्द गरिएको छ। अधिकारीका अनुसार गत महिना यस क्षेत्रमा २५३.७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन पछिल्लो २५ वर्षयताकै सबैभन्दा बढी हो।

 


Thali Mobile Pvt.Ltd.