भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ओस्लाद्धारा इतिहासविद सम्मानित

ओस्लाद्धारा इतिहासविद सम्मानित

भक्तपुर । ओस्ला नेपालले आफ्नो रजत वर्षका अवसरमा सँस्कृतिकर्मी तथा इतिहासविद प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठलगायतलाई सम्मान गरेको छ । मध्यपुरको कला र सँस्कृतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सस्थाले आज मध्यपुर थिमि नगरपालिकाको शंखधर चोकस्थित आयोजित कार्यक्रममा सो सम्मान गरेको हो ।

समाज परिवर्तनका लागि युवाको नेतृत्व अपरिहार्य भन्ने नाराकासाथ ओस्ला नेपाल लोप उन्मुख अवस्थामा रहेका बाजा तथा नाचहरुको पनि संरक्षण गर्दै आएको छ । धिमेबाजा तथा नाँखेबाजा प्रतियोगिता गरेर यसको सम्वद्धनमा पनि लागेको सस्थाले जनाएको छ ।

कार्यक्रममा बोल्दै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले सम्पदाहरुको पुनःनिर्माणसँगै यहाँको मूर्त तथा अमूर्ल कला, संस्कृतिको संरक्षण गर्ने, बाजाको संरक्षण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको बताए ।

नायखिँ बाजा निश्चित एक जातीले मात्रै बजाउने परम्परा हुँदा बाजा र परम्परा नै लोप हुने अवस्थामा पुगेकोले यो बाजा र परम्पराको संरक्षणका लागि नगरले बाजाको प्रशिक्षण समेत दिने बताए । कार्यक्रममा नेवार समुदाय भित्र चार्ड पर्वमा गरिने भोजका प्रकार र परिकार कसरी खाने लगायतका विषयवस्तु समेटिएको पुस्तक नेवाः भ्वय्ब्व र ओस्लाको रजतवर्ष स्मारिकाको विमोचन गरिएको थियो । कार्यक्रममा सहभागीलाई प्रमाणपत्र तथा मायोको चिनो प्रदान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.