भक्तपुर । ओस्ला नेपालले आफ्नो रजत वर्षका अवसरमा सँस्कृतिकर्मी तथा इतिहासविद प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठलगायतलाई सम्मान गरेको छ । मध्यपुरको कला र सँस्कृतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सस्थाले आज मध्यपुर थिमि नगरपालिकाको शंखधर चोकस्थित आयोजित कार्यक्रममा सो सम्मान गरेको हो ।
समाज परिवर्तनका लागि युवाको नेतृत्व अपरिहार्य भन्ने नाराकासाथ ओस्ला नेपाल लोप उन्मुख अवस्थामा रहेका बाजा तथा नाचहरुको पनि संरक्षण गर्दै आएको छ । धिमेबाजा तथा नाँखेबाजा प्रतियोगिता गरेर यसको सम्वद्धनमा पनि लागेको सस्थाले जनाएको छ ।
कार्यक्रममा बोल्दै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले सम्पदाहरुको पुनःनिर्माणसँगै यहाँको मूर्त तथा अमूर्ल कला, संस्कृतिको संरक्षण गर्ने, बाजाको संरक्षण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको बताए ।
नायखिँ बाजा निश्चित एक जातीले मात्रै बजाउने परम्परा हुँदा बाजा र परम्परा नै लोप हुने अवस्थामा पुगेकोले यो बाजा र परम्पराको संरक्षणका लागि नगरले बाजाको प्रशिक्षण समेत दिने बताए । कार्यक्रममा नेवार समुदाय भित्र चार्ड पर्वमा गरिने भोजका प्रकार र परिकार कसरी खाने लगायतका विषयवस्तु समेटिएको पुस्तक नेवाः भ्वय्ब्व र ओस्लाको रजतवर्ष स्मारिकाको विमोचन गरिएको थियो । कार्यक्रममा सहभागीलाई प्रमाणपत्र तथा मायोको चिनो प्रदान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। अवैध रूपमा लुकाई छिपाई विदेश लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नी यानलाई प्रहरीले पक्राउ गरेको हो ।...
काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट ६ जना पक्राउ गरेको छ । देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । झापाको झापा गाउँपालिका–४ टाघनडुब्बाबाट...
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर...
काठमाण्डौ । सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको...