भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन

ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन

काठमाडौँ, २० साउन । नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति सहज बनाउन तथा बजारमा देखिएको अभावको समस्या तत्काल समाधान गर्न ‘क्विक रेस्पोन्स टिम’ (द्रुत प्रतिकार्य टोली) गठन गरेको छ।

निगमका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठन गरिएको उक्त टोलीले आजदेखि नै आफ्नो काम सुरु गरिसकेको छ।

बजारमा ग्यास अभावका कारण उपभोक्ताले लामो समय लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधि सम्मिलित संयन्त्र गठन गरिएको हो।

निगमले देशका कुनै पनि स्थानमा एलपी ग्यासको आपूर्तिमा समस्या देखिए द्रुत रूपमा समाधानका लागि टोली परिचालन गरिने जनाएको छ।

ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भए उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्। प्राप्त गुनासोका आधारमा आवश्यक समन्वय गरी ग्यास उपलब्ध गराइने निगमले जनाएको छ।

नेपाल आयल निगमले हाल ग्यासको आपूर्ति पर्याप्त रहेको दाबी गरे पनि काठमाडौँ उपत्यकासहित विभिन्न शहरमा उपभोक्ताले ग्यास नपाएको गुनासो गर्दै आएका छन्। पछिल्ला दिनमा ग्यास सिलिन्डर साट्न विभिन्न वितरण केन्द्रमा लामो लाइन देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.