भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन

ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन

काठमाडौँ, २० साउन । नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति सहज बनाउन तथा बजारमा देखिएको अभावको समस्या तत्काल समाधान गर्न ‘क्विक रेस्पोन्स टिम’ (द्रुत प्रतिकार्य टोली) गठन गरेको छ।

निगमका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठन गरिएको उक्त टोलीले आजदेखि नै आफ्नो काम सुरु गरिसकेको छ।

बजारमा ग्यास अभावका कारण उपभोक्ताले लामो समय लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधि सम्मिलित संयन्त्र गठन गरिएको हो।

निगमले देशका कुनै पनि स्थानमा एलपी ग्यासको आपूर्तिमा समस्या देखिए द्रुत रूपमा समाधानका लागि टोली परिचालन गरिने जनाएको छ।

ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भए उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्। प्राप्त गुनासोका आधारमा आवश्यक समन्वय गरी ग्यास उपलब्ध गराइने निगमले जनाएको छ।

नेपाल आयल निगमले हाल ग्यासको आपूर्ति पर्याप्त रहेको दाबी गरे पनि काठमाडौँ उपत्यकासहित विभिन्न शहरमा उपभोक्ताले ग्यास नपाएको गुनासो गर्दै आएका छन्। पछिल्ला दिनमा ग्यास सिलिन्डर साट्न विभिन्न वितरण केन्द्रमा लामो लाइन देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.