भर्खरै : Sorry, your browser does not support inline SVG.

घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा

मुख्य बुँदा 

भेटेरिनरी अस्पतालका प्रमुख डा. रामपवित्र दास र चालक भोगेन्द्र यादवविरुद्ध भ्रष्टाचार मुद्दा।

भ्याक्सिनेटरको पारिश्रमिकबाट २० प्रतिशत कमिसन मागेको आरोप।

१ लाख ३२ हजार ३५० रुपैयाँ घुस लिएको पुष्टि।

अख्तियारले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गर्यो।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको माग।

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. रामपवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भ्याक्सिनेटरहरूले पाउने पारिश्रमिक भुक्तानीका क्रममा २० प्रतिशत कमिसन मागिएको भन्ने उजुरीका आधारमा अख्तियारको इटहरीस्थित कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

आयोगका अनुसार अनुसन्धानका क्रममा कार्यालय प्रमुख डा. दासले चालक यादवसँग मिलेमतो गरी खोप कार्यक्रम सम्पन्न गरेका भ्याक्सिनेटरहरूलाई कानुनबमोजिम पाउनुपर्ने पारिश्रमिक उपलब्ध गराउँदा अनिवार्य रूपमा कमिसन मागेको पुष्टि भएको छ।

अनुसन्धानबाट उनीहरूले सेवाग्राहीबाट १ लाख ३२ हजार ३५० रुपैयाँ घुस लिएको प्रमाणित भएपछि अख्तियारले सोही रकमलाई बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा बिगो बराबरको जरिवानाको मागसहित बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.