भर्खरै : Sorry, your browser does not support inline SVG.

रास्वपाले आजदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने, लामिछानेलाई पक्राउ गर्न रुपन्देही अदालतको पनि अनुमति

रास्वपाले आजदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने, लामिछानेलाई पक्राउ गर्न रुपन्देही अदालतको पनि अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अब राजधानी काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद विहिबार सात दिन थप भएपछि आजदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको हो ।

रास्वपाले आज अपराहन्न १ बजे माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन कार्यकर्तासलाई आव्हान गरेको छ । रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउदै आएको छ । यसैबी

लामिछानेविरुद्ध रुपन्देहीबाट पक्राउ पुर्जी जारी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ । न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेसहित १२ जनालाई सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ गर्न अनुमति दिएको हो ।

कास्कीमा प्रहरी हिरासतमा रहेका लामछानेविरुद्ध कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएकोमा थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.