भर्खरै : Sorry, your browser does not support inline SVG.

चलचित्र पूर्ण बहादुरको सारङ्गी, धनी र गरिब बीचको संघर्ष हो:रुपा थापा

चलचित्र पूर्ण बहादुरको सारङ्गी, धनी र गरिब बीचको संघर्ष हो:रुपा थापा

दाङ । कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र पूर्ण बहादुरको सारङ्गीका कलाकारसँग चलचित्र पत्रकार दाङ शाखाले साक्षात्कार गरेको छ । प्रचारप्रसारका लागि दाङ आएको टिमसँग बुधबार रिपोटर्स क्लव तुलसीपुरले साक्षात्कार गरेको हो ।

चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र पुर्ण बहादुरको सारंगीका कलाकार विजय बराल, मुकुन भुसाल, अन्जना बराइली, बाल कलाकार सोयम केसी तथा संगितकार सरोज केसी लगायतका कलाकारहरु सहभागी थिए । कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने कलाकार मुकुन्द भुसालको धारणा छ । पुर्वदेखि पश्चिम दाङसम्म आइपुग्दा चलचित्र पुर्ण बहादुरको सारङगी लिएर दर्शकहरु उत्साहित भएको उनको भनाइ छ ।

चलचित्रको कथा वस्तु खास गरेर निम्न वर्गीय समुदायमा रहेर आफ्नो छोरालाई ठुलो मान्छे बनाउने संघर्षको कथा छ । धनी र गरिबले गर्ने संघर्ष धेरै फरक छ । विपन्न वर्गीय समुदायको चलचित्र हेर्नका लागि दर्शकहरु आउनुपर्छ भनेर प्रचारप्रसारमा सहयोग गर्न आग्रह निर्माण टिमको छ ।

विपन्न समुदायको अवस्था ४० बर्ष भन्दा अगाडि के कस्तो थियो ? भन्ने कुरा चलचित्रमा प्रस्तुत गरिएको कलाकार अन्जना बराईलीले बताइन् । चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयोजक शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाकी सचिव निरला अर्यालले गरेकी थिइन् ।

संगीतकार प्रशान्त शिवाकोटीले संगीत दिएको चलचित्रमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ । चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् भने निर्माता बिनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेल लगायतको अभिनय देख्न सकिन्छ ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.