भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रवि लामिछानेलाई रूपन्देही लगिदै, थप १३ दिन हिरासत राख्न अनुमति

रवि लामिछानेलाई रूपन्देही लगिदै, थप १३ दिन हिरासत राख्न अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज रुपन्देही लैजाने तयारी गरेको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनी २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

लामिछानेलाई हिजो कास्की जिल्ला अदालतले थप १३ दिन हिरासत राख्न अनुमति दिएपछि आज रुपन्देही लैजाने तयारी गरेको हो । पोखरा सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न आरोप छ ।

सोही सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिइसकेको छ । प्रहरीसँगको समन्वयमा सोमबार साँझको जहाजबाट भैरहवा ल्याइने गरी प्रक्रिया अगाडि बढाइएको छ। आज साँझसम्म प्रक्रिया ढिला भए भोलि बिहानको उडानबाट भैरहवा लैजाने तयारी छ।

 


Thali Mobile Pvt.Ltd.