भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

रवि लामिछानेलाई रूपन्देही लगिदै, थप १३ दिन हिरासत राख्न अनुमति

रवि लामिछानेलाई रूपन्देही लगिदै, थप १३ दिन हिरासत राख्न अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज रुपन्देही लैजाने तयारी गरेको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनी २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

लामिछानेलाई हिजो कास्की जिल्ला अदालतले थप १३ दिन हिरासत राख्न अनुमति दिएपछि आज रुपन्देही लैजाने तयारी गरेको हो । पोखरा सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न आरोप छ ।

सोही सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिइसकेको छ । प्रहरीसँगको समन्वयमा सोमबार साँझको जहाजबाट भैरहवा ल्याइने गरी प्रक्रिया अगाडि बढाइएको छ। आज साँझसम्म प्रक्रिया ढिला भए भोलि बिहानको उडानबाट भैरहवा लैजाने तयारी छ।

 


Thali Mobile Pvt.Ltd.