भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

कालिकोटको जीप दुर्घटनामा मृतक ६ जनाको सनाखत, १३ जना घाइते

कालिकोटको जीप दुर्घटनामा मृतक ६ जनाको सनाखत, १३ जना घाइते

कालिकोट । पलाँता गाउँपालिका वडा ३ को राडु र काप्रेखोला बिचमा बोलेरो जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।  अरु १३ जना घाइते घाइते भएका छन् । मृत्यु हुनेमा पलाँता–५ का पदम बम, सोही गाउँपालिका–६ की कुसुम कला शाही र भगवती रोकाय छन् ।

यसैगरी मृत्यु हुनेमा पलाँता–५ की छायाँ शाही, वडा नं ६ का गणेश शाही र वडा नं ३ का दमन रोकाय रहेका छन् । जिपमा १९ जना सवार थिए । घाइते १३ जना मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेको नेपाली सेनाको हेलिकोप्टरबाट उद्वार गरिएको छ ।

घाइतेहरुमा कालीकोट पलाँता ६ बस्ने केशव थापा सिकिस्त रहेका छन् । विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भुपेन्द्र रोकायाकाे अवस्था चिन्ताजनक छ । वडा नम्बर ३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, ठेगाना नखुलेका जिप चालक धनिराम रावत र पलाता गाउँपालिका ५ का दोली बिक रआयुशा बिकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप कालीकोटको पलाँता ३ राडूनेटामा दुर्घटना भएको हो ।

 


Thali Mobile Pvt.Ltd.