भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कालिकोटको जीप दुर्घटनामा मृतक ६ जनाको सनाखत, १३ जना घाइते

कालिकोटको जीप दुर्घटनामा मृतक ६ जनाको सनाखत, १३ जना घाइते

कालिकोट । पलाँता गाउँपालिका वडा ३ को राडु र काप्रेखोला बिचमा बोलेरो जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।  अरु १३ जना घाइते घाइते भएका छन् । मृत्यु हुनेमा पलाँता–५ का पदम बम, सोही गाउँपालिका–६ की कुसुम कला शाही र भगवती रोकाय छन् ।

यसैगरी मृत्यु हुनेमा पलाँता–५ की छायाँ शाही, वडा नं ६ का गणेश शाही र वडा नं ३ का दमन रोकाय रहेका छन् । जिपमा १९ जना सवार थिए । घाइते १३ जना मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेको नेपाली सेनाको हेलिकोप्टरबाट उद्वार गरिएको छ ।

घाइतेहरुमा कालीकोट पलाँता ६ बस्ने केशव थापा सिकिस्त रहेका छन् । विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भुपेन्द्र रोकायाकाे अवस्था चिन्ताजनक छ । वडा नम्बर ३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, ठेगाना नखुलेका जिप चालक धनिराम रावत र पलाता गाउँपालिका ५ का दोली बिक रआयुशा बिकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप कालीकोटको पलाँता ३ राडूनेटामा दुर्घटना भएको हो ।

 


Thali Mobile Pvt.Ltd.