भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

वर्षा र हिमपातले कतै खुशी त कतै पीडा

वर्षा र हिमपातले कतै खुशी त कतै पीडा

काठमाण्डौ । वर्षाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सास्ती थपेको छ । किसान हिउँदे वर्षा र हिमपातले खुसी दिए पनि भूकम्प पीडितलाई भने सास्ती दिएको हो । त्रिपालमुनि बस्न बाध्य भएका पीडितहरु थप समस्यामा परेका छन् ।

जाजरकोट भूकम्पबाट झण्डै ८० हजार घरमा क्षति पुुगेकोमा २५ हजारको सङ्ख्यामा अस्थायी आवास बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको कात्तिक १७ गते भूकम्प गएको थियो । उनीहरुलाई पानी र हिमपातका कारण चिसो बढेपछि थप समस्या भएको हो ।

समयमै उचित व्यवस्थापन हुन नसक्दा चिसोका कारण भूकम्पपीडित थप मारमा परेका छन् । अस्ति बुधवार बेलुकादेखि जाजरकोट र रुकुमपश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।

 


Thali Mobile Pvt.Ltd.