भर्खरै : Sorry, your browser does not support inline SVG.
एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी | दसैँको टीकाको साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा |

सौर्य सिमेन्ट र स्काई होल्डिङ बिजनेस ग्रुपबीच साझेदारी

सौर्य सिमेन्ट र स्काई होल्डिङ बिजनेस ग्रुपबीच साझेदारी

भक्तपुर । प्रविधिमैत्री निर्माण सामग्रीलाई विशेष प्राथमिकता दिनुपर्ने भन्दै कन्ट्रयाक्टर मिट गरिएको छ । सौर्य सिमेन्ट र स्काई होल्डिङ बिजनेस ग्रुप पब्लिक लिमिटेडले संयुक्त रुपमा भक्तपुरमा कन्ट्र्याक्टर मिट गरेको हो ।

सौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परीक्षण प्रविधि, वातावरणमैत्री प्राविधिक जानकारी एवं सौर्य सिमेन्टले गरेका विभिन्न सामाजिक व्यावसायिक उत्तरदायित्वका कार्यको समेत जानकारी कन्ट्र्याक्टर मिटमा दिएको थियो ।

सिराहाको मिर्चैयामा रहेको सौर्य सिमेन्टको उत्पादन क्षमता चार हजार पाँच सय मेट्रिकटन रहेको र दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको जनाइएको छ । हाल कम्पनीले ४३ र ५३ ग्रेडको ओपिसी र पिपिसी सिमेन्ट उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।

भक्तपुरमा निर्माण हुने भौतिक संरचनामा निर्माण सामग्रीको छनोट, बिक्री–वितरण बारे पनि जानकारी दिएको कम्पनीले जनाएको छ । भक्तपुरका बासिन्दालाई सुपथ मूल्यका साथै सहज रूपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काई ग्रुपसँग साझेदारी गरिएको कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायतले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.