भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

न्यायालयको गतिरोध अत्यका लागि प्रधानन्याधीश जबराको राजीनामा अनिवार्यः राजेन्द्र महतो

न्यायालयको गतिरोध अत्यका लागि प्रधानन्याधीश जबराको राजीनामा अनिवार्यः राजेन्द्र महतो

वीरगञ्ज । न्यायालयको नेतृत्वमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा असफल भएकोेले राजीनामा दिनुपर्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राजेन्द्र महतोले वीरजञ्जमा आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।

कानून व्यवसायीहरुको आन्दोलनले नेपाली जनताको न्याय नपाएको र न्यायालयको विकृति विसंगतिको जिम्मा प्रधानन्यायाधीश राणाले लिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘नेपाली जनताले न्यायालयबाट न्याय पाइरहेका छैनन्, अदालत चल्न नसकेको अवस्था छ । अदालतको न्यायाधीश र कानून व्यवसायी आन्दोलनमा छन् । सेटिङमा देश चलेको छ । त्यसैले त्यसको जिम्मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लिनुपर्छ ।’

न्यायालयलाई निकास दिन प्रधानन्यायाधीश राणाले अविलम्ब राजीनामा दिनुपर्ने बताउँदै न्यायालयमा अहिलेको अवस्था आउनु दुर्भाग्यपूर्ण भएकोे बताए । नेता महत्तोले न्यायालय फेल हुनु नै देश फेल भएको, व्यवस्था फेल भएको जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.