भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

न्यायालयको गतिरोध अत्यका लागि प्रधानन्याधीश जबराको राजीनामा अनिवार्यः राजेन्द्र महतो

न्यायालयको गतिरोध अत्यका लागि प्रधानन्याधीश जबराको राजीनामा अनिवार्यः राजेन्द्र महतो

वीरगञ्ज । न्यायालयको नेतृत्वमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा असफल भएकोेले राजीनामा दिनुपर्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राजेन्द्र महतोले वीरजञ्जमा आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।

कानून व्यवसायीहरुको आन्दोलनले नेपाली जनताको न्याय नपाएको र न्यायालयको विकृति विसंगतिको जिम्मा प्रधानन्यायाधीश राणाले लिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘नेपाली जनताले न्यायालयबाट न्याय पाइरहेका छैनन्, अदालत चल्न नसकेको अवस्था छ । अदालतको न्यायाधीश र कानून व्यवसायी आन्दोलनमा छन् । सेटिङमा देश चलेको छ । त्यसैले त्यसको जिम्मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लिनुपर्छ ।’

न्यायालयलाई निकास दिन प्रधानन्यायाधीश राणाले अविलम्ब राजीनामा दिनुपर्ने बताउँदै न्यायालयमा अहिलेको अवस्था आउनु दुर्भाग्यपूर्ण भएकोे बताए । नेता महत्तोले न्यायालय फेल हुनु नै देश फेल भएको, व्यवस्था फेल भएको जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.