भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दा किन भए राष्ट्रपति भावुक ?

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दा किन भए राष्ट्रपति भावुक ?

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा माल्यार्पण गर्दा राष्ट्रपति रामचन्द्र पौडेल भावुक बनेका छन् । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदान सम्झदै राष्ट्रपति रामचन्द्र पौडेल भावुक बनेका हुन ।

प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरे । सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको हो । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक,

आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् भन्ने शाहको दिव्यउपदेश अहिलेपनि सान्दर्भिक छ ।

 


Thali Mobile Pvt.Ltd.