भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उपसभामुख रानाले भनिन् ‘मलाई हटाउने तयारी भइरहेको हल्ला के हो नी ?

उपसभामुख रानाले भनिन् ‘मलाई हटाउने तयारी भइरहेको हल्ला के हो नी ?

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले प्रधानमन्त्री केपी शर्मा ओलीसामू आफूलाई पदबाट हटाउने तयारीबारे संवैधानिक परिषद्को बैठकमा जिज्ञासा राखेकी छन् । बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा उनले उक्त जिज्ञासा राखेक्री हुन् ।प्रधानमन्त्रीले भने स्पष्ट जवाफ दिएका छैनन् ।

प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको हो । बैठककै क्रममा उपसभामुख रानामगरले आफ्नो व्यक्तिगत प्रसंग निकालेकी थिइन् ।

रानाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन्, ‘मैले लेख्दै नलेखेको पत्रलाई लिएर मलाई हटाउने तयारी भइरहेको छ भन्ने जताततै हल्ला छ । यो मैले गर्दै नगरेको कामको आरोप लगाउँदा अन्तराष्ट्रिय स्तरमा पनि यसले नराम्रो सन्देश जान्छ सम्माननीयज्यू ।’

 


Thali Mobile Pvt.Ltd.