भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

उपसभामुख रानाले भनिन् ‘मलाई हटाउने तयारी भइरहेको हल्ला के हो नी ?

उपसभामुख रानाले भनिन् ‘मलाई हटाउने तयारी भइरहेको हल्ला के हो नी ?

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले प्रधानमन्त्री केपी शर्मा ओलीसामू आफूलाई पदबाट हटाउने तयारीबारे संवैधानिक परिषद्को बैठकमा जिज्ञासा राखेकी छन् । बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा उनले उक्त जिज्ञासा राखेक्री हुन् ।प्रधानमन्त्रीले भने स्पष्ट जवाफ दिएका छैनन् ।

प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको हो । बैठककै क्रममा उपसभामुख रानामगरले आफ्नो व्यक्तिगत प्रसंग निकालेकी थिइन् ।

रानाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन्, ‘मैले लेख्दै नलेखेको पत्रलाई लिएर मलाई हटाउने तयारी भइरहेको छ भन्ने जताततै हल्ला छ । यो मैले गर्दै नगरेको कामको आरोप लगाउँदा अन्तराष्ट्रिय स्तरमा पनि यसले नराम्रो सन्देश जान्छ सम्माननीयज्यू ।’

 


Thali Mobile Pvt.Ltd.