दोलखा । दोलखाको वैतेस्वर गाउँ पालिकाले केही सन्चार माध्यमले भ्रामक समाचार गरेको भन्दै खन्डन गरेको छ ।
विभिन्न संचारमाध्यममा गाउँ पालिका र गाउँपालिका अध्यक्ष बारे भ्रामक समाचार प्रकाशन भएको शुक्रबार प्रेस विज्ञप्तिमार्फ खण्डन गरेको हो ।
देशमा सङ्घीयता लागु भएपश्चात् दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका जिल्लाका अन्य स्थानीय तहको तुलनामा विकाश तथा सुशासनको मामिलामा सदैव अग्रपंतिमानै रहँदै आएको र पहिलो कार्यकालमा वैतेश्वरबासिको जनचाहना र विकासको अपेक्षा पुरा गर्दै दोस्रो कार्यकालको सुरुवातबाट नै विकासको गतिलाई अझ बढाउदै गाउँपालिकाको सेवामा लागि रहेको अध्यक्ष छवि लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
वैतेश्वर गाउँपालिका विकासमा दोलखा जिल्लाको अब्बल रहेको ठहर गर्दै मिति २०८०-०९-१३ मा तत्कालीन प्रधानमन्त्री श्री पुष्पकमल दहाल प्रचण्डबाट सम्मान-पत्र प्राप्त गरिएको र पछिल्लो समय केही सञ्चार माध्यमले वैतेश्वर गाउँपालिकाको विषयलाई लिएर कपोकल्पित टीका टिप्पणी गर्दै भ्रामक समाचार सम्प्रेषण गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको गाउँपालिकाले जनाएको छ ।
समाचारमा उल्लेख भए अनुसार वैशाखेश्वरी निर्माण सेवाबाट हालसम्म वैतेश्वर गाउँपालिकामा कुनै पनि ठेक्का प्रक्रियमा सहभागी नभएको र उक्त फर्मबाट सञ्चालित डोजरमा वैतेश्वर गाउँपालिकाको कार्यालयको इन्धन प्रयोग नगरिएको उल्लेख गरिएको छ ।
गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई माग बमोजिम नियमानुसार लग बुक राखी इन्धन सुविधा उपलब्ध गराइएको, वैतेश्वर गाउँपालिकाको स्वीकृत दरबन्दी संरचना अनुसार स्थायी र करार गरी १७७ दरबन्दी रहेको जसमध्ये १२९ दरबन्दी पदपूर्ति रहेको, दरबन्दी भन्दा बाहेक कर्मचारीहरू नरहेको र पछिल्लो समय वैतेश्वर गाउँपालिकाको आन्तरिक राजश्व क्षमताको मूल्याङ्कन तथा कर्मचारीहरूको कार्यसम्पादनको विषयलाई लिएर जनगुनासो प्राप्त भएकोले २०८१-०३-२८ गतेको गाउँ कार्यपालिकाको निर्णयबमोजिम केही कर्मचारीहरूको म्याद थप नगरिएको जारी विगए विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रदेश लोकसेवा आयोगबाट पदपूर्ति हुने स्थायी पदहरूमा कर्माचारीहरुको माग गरिएको र रिक्त केही पदहरूको स्थायी पदपूर्तिको कार्य योजना निर्माण भइसकेको जनाइएको छ ।
करारमा प्राविधिक कर्मचारी पदपूर्तिको लागि चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७७, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७४ र अवकाशको लागि अस्थायी, करार सेवा वा सेवा करारमा कार्यरत कर्मचारीलाई दिइने सेवा, सुविधा र सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८१, कार्यान्वयनमा रहेको र
गत वर्षको बजेटको सन्दर्भमा मिति २०८०-०३-१०, २०८०-०३-१८ र २०८०-०३-२४ गतेको बसेको कार्यपालिकाको निर्णय बमोजिम स-साना टुक्रे योजनामा विनियोजन नगरी ठुला योजनाहरूमा टेन्डर मार्फत योजनाहरू कार्यान्वयन गर्ने र टेन्डर मार्फत बचेको बजेटको आगामी हिउँदे अधिवेशनमा प्रत्येक वडाहरूमा विनियोजन गर्ने निर्णय सर्व सम्मतले पारित भएबमोजिम सोहि अनुसार कार्यन्वयन गरिएको उल्लेख छ ।
गुठी जग्गा रजिस्ट्रेसन पास गर्न कुनै पनि रकम गाउँपालिकाबाट नलिएको। स्वकिय सचिवको विषयमा वैतेश्वर गाउँपालिकाको वैतेश्वर गाउँपालिका कार्यसंचालन निर्देशिका, २०७७ बमोजिम निजी सचिवालयको व्यवस्था गरिएको मा आ.ब. २०८१-०८२ देखि मन्त्रालयको सुझाब अनुसार हटाईएको उल्लेख गरिएको छ ।
वैतेश्वर गाउँपालिकाको विकास, सुशासन तथा सम्मृद्धिको लागि चासो व्यक्त गरेकोमा सम्पूर्ण वैतेश्वरबासिलाई विशेष धन्यवाद दिदै सदैव रचनात्मक सुझावको अपेक्षा राख्दै यस्ता मिथ्या समाचारको पछि नलाग्न समेत अनुरोध गर्दछु विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयसंग पटक-पटक माग गरिएको र हाल व्यवस्थापन भइसकेको जनाएको छ ।

