भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

भ्रामक समाचारको पछि नलाग्न वैतेश्वर गाउँपालिका अध्यक्ष लामाको आग्रह

भ्रामक समाचारको पछि नलाग्न वैतेश्वर गाउँपालिका अध्यक्ष लामाको आग्रह image

दोलखा । दोलखाको वैतेस्वर गाउँ पालिकाले केही सन्चार माध्यमले  भ्रामक समाचार गरेको भन्दै खन्डन गरेको छ ।

विभिन्न संचारमाध्यममा गाउँ पालिका र गाउँपालिका अध्यक्ष बारे भ्रामक समाचार प्रकाशन भएको शुक्रबार प्रेस विज्ञप्तिमार्फ खण्डन गरेको हो ।

देशमा सङ्घीयता लागु भएपश्चात् दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका जिल्लाका अन्य स्थानीय तहको तुलनामा विकाश तथा सुशासनको मामिलामा सदैव अग्रपंतिमानै रहँदै आएको र  पहिलो कार्यकालमा वैतेश्वरबासिको जनचाहना र विकासको अपेक्षा पुरा गर्दै दोस्रो कार्यकालको सुरुवातबाट नै विकासको गतिलाई अझ बढाउदै गाउँपालिकाको सेवामा लागि रहेको अध्यक्ष छवि लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

वैतेश्वर गाउँपालिका विकासमा दोलखा जिल्लाको अब्बल रहेको ठहर गर्दै मिति २०८०-०९-१३ मा तत्कालीन प्रधानमन्त्री श्री पुष्पकमल दहाल प्रचण्डबाट सम्मान-पत्र प्राप्त गरिएको र पछिल्लो समय केही सञ्चार माध्यमले वैतेश्वर गाउँपालिकाको विषयलाई लिएर कपोकल्पित टीका टिप्पणी गर्दै भ्रामक समाचार सम्प्रेषण गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको गाउँपालिकाले जनाएको छ ।

समाचारमा उल्लेख भए अनुसार वैशाखेश्वरी निर्माण सेवाबाट हालसम्म वैतेश्वर गाउँपालिकामा कुनै पनि ठेक्का प्रक्रियमा सहभागी नभएको र उक्त फर्मबाट सञ्चालित डोजरमा वैतेश्वर गाउँपालिकाको कार्यालयको इन्धन प्रयोग नगरिएको उल्लेख गरिएको छ  ।

गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई माग बमोजिम नियमानुसार लग बुक राखी इन्धन सुविधा उपलब्ध गराइएको,  वैतेश्वर गाउँपालिकाको स्वीकृत दरबन्दी संरचना अनुसार स्थायी र करार गरी १७७ दरबन्दी रहेको जसमध्ये १२९ दरबन्दी पदपूर्ति रहेको, दरबन्दी भन्दा बाहेक कर्मचारीहरू नरहेको र पछिल्लो समय वैतेश्वर गाउँपालिकाको आन्तरिक राजश्व क्षमताको मूल्याङ्कन तथा कर्मचारीहरूको कार्यसम्पादनको विषयलाई लिएर जनगुनासो प्राप्त भएकोले २०८१-०३-२८ गतेको गाउँ कार्यपालिकाको निर्णयबमोजिम केही कर्मचारीहरूको म्याद थप नगरिएको  जारी विगए  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेश लोकसेवा आयोगबाट पदपूर्ति हुने स्थायी पदहरूमा कर्माचारीहरुको माग गरिएको र रिक्त केही पदहरूको स्थायी पदपूर्तिको कार्य योजना निर्माण भइसकेको जनाइएको छ ।

करारमा प्राविधिक कर्मचारी पदपूर्तिको लागि चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७७, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७४ र अवकाशको लागि अस्थायी, करार सेवा वा सेवा करारमा कार्यरत कर्मचारीलाई दिइने सेवा, सुविधा र सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८१, कार्यान्वयनमा रहेको र
गत वर्षको बजेटको सन्दर्भमा मिति २०८०-०३-१०, २०८०-०३-१८ र २०८०-०३-२४ गतेको बसेको कार्यपालिकाको निर्णय बमोजिम स-साना टुक्रे योजनामा विनियोजन नगरी ठुला योजनाहरूमा टेन्डर मार्फत योजनाहरू कार्यान्वयन गर्ने र टेन्डर मार्फत बचेको बजेटको आगामी हिउँदे अधिवेशनमा प्रत्येक वडाहरूमा विनियोजन गर्ने निर्णय सर्व सम्मतले पारित भएबमोजिम सोहि अनुसार कार्यन्वयन गरिएको उल्लेख छ ।

गुठी जग्गा रजिस्ट्रेसन पास गर्न कुनै पनि रकम गाउँपालिकाबाट नलिएको। स्वकिय सचिवको विषयमा वैतेश्वर गाउँपालिकाको वैतेश्वर गाउँपालिका कार्यसंचालन निर्देशिका, २०७७ बमोजिम निजी सचिवालयको व्यवस्था गरिएको मा आ.ब. २०८१-०८२ देखि मन्त्रालयको सुझाब अनुसार हटाईएको उल्लेख गरिएको छ ।

वैतेश्वर गाउँपालिकाको विकास, सुशासन तथा सम्मृद्धिको लागि चासो व्यक्त गरेकोमा सम्पूर्ण वैतेश्वरबासिलाई विशेष धन्यवाद दिदै  सदैव रचनात्मक सुझावको अपेक्षा राख्दै यस्ता मिथ्या समाचारको पछि नलाग्न समेत अनुरोध गर्दछु विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयसंग पटक-पटक माग गरिएको र हाल व्यवस्थापन भइसकेको जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.