भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

आजदेखि रास्वपाको राष्ट्रिय भेला

आजदेखि रास्वपाको राष्ट्रिय भेला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ । भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य मान्यता, उम्मेदवार क्लब, लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ ।

भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने, कार्यवाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्ने बताइएको छ । भेलाबाट राष्ट्रिय अभियान तथा प्रथम महाधिवेशनको मिति तय हुने बुझिएको छ । भेलामा देशभरबाट १५०० बढी प्रतिनिधिको सहभागीता रहने रास्वपाले जनाएको छ ।

निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक, उपसंयोजक, प्रदेश समिति, विभाग, केन्द्रीय समिति, विभाग तथा आयोगहरूबाट प्रतिनिधित्व रहनेछ ।
भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने रास्वपाले अपेक्षा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.