भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

धनराज गुरुङमाथि अनुसन्धान तीब्र

धनराज गुरुङमाथि अनुसन्धान तीब्र

काठमाडौं । संसदीय छानबिन समितिले सहकारी ठगीको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान तीब्र पारेको जनाएको छ । ललितपुरको मितेरी सहकारीबारे अनुसन्धान गर्न सिफारिस गरेपछि अनुसन्धान तीब्र पारिएको हो । तर, लेखा समिति सभापति ऋषिकेश पोखरेल दम्पती नै मुछिएको उमागौरी सहकारी अपचलनको विषय भने प्रतिवेदनले बोलेको छैन ।

धनराजकी पूर्वपत्नी ज्योति गुरुङले सहकारीको करिब १५ करोड अपचलन गरेको तथ्य बाहिरिएपछि धनराजले ०७६ मै डिभोर्स भएकाले कुनै दायित्व नहुने प्रतिक्रिया दिएका थिए । तर, डिभोर्स भएपछि पनि श्रीमतीको नामको ऋण तिरेको, श्रीमतीलाई नै हकवाला राखेर थप ऋण लिएको पाइएपछि समितिले मितेरी सहकारीको निरीक्षण गरी जानकारी लिएको थियो । ‘सहकारीबाट प्राप्त जानकारी र धनराज गुरुङको वस्तुस्थिति प्रतिवेदनले उल्लेख गरेको छ ।

बाँकी कुरा राज्यका अख्तियारप्राप्त निकायबाट अगाडि बढ्ने बताइएको छ । तर, पोखरेलको भने उक्त सहकारीबारे समितिमा प्रत्यक्ष उजुरी वा सूचना प्राप्त नभएको तथा उक्त सहकारी हेर्ने प्रत्यक्ष कार्यादेश पनि नभएकाले छुटेको समिति सदस्य बताउँछन् । समस्याग्रस्त जुनसुकै सहकारी हेर्न सक्ने अधिकार समितिलाई छ । छानबिन समितिको प्रारम्भिक अनुसन्धनमा कांग्रेस उपसभापति गुरुङ सहकारी ठगीमा संलग्न भएको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको दाबी छ ।

हिजो प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्बन्ध विच्छेद नक्कली गराएर सुनियोजितरुपमा यस्तो कुकृते गरेको उनको भनाइ छ । रकम अपचलनमा संलग्नता देखिन्छ, सम्बन्ध विच्छेद नक्कली देखिन्छ । ०७६ मा डिभोर्स गरेको २०७७ मा मेडमलाई साक्षी राखेर ऋण लिएको र केही समयअघि मात्रै ७४ लाख किस्ता तिरेको प्रमाणमा देखिन्छ । उनको संलग्नता देखिन्छ यसलाई तार्किक निष्कर्षमा पु¥याउन थप अनुसन्धान प्रक्रिया अगाडि बढाउन उनको आग्रह छ ।

 


Thali Mobile Pvt.Ltd.