भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पक्राउपछि रविलाई रातारात पोखरा पुर्‍याइयो, आइतबारदेखि अनुसन्धान

पक्राउपछि रविलाई रातारात पोखरा पुर्‍याइयो, आइतबारदेखि अनुसन्धान

काठमाडौं । शुक्रबार साँझ काठमाडौँबाट नियन्त्रणमा लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखरा पुर्याएको छ । लामिछानेका समर्थकहरूको नाराबाजी र विरोध प्रदर्शनका बीच लामिछानेकै चाहनाबमोजिम सडकमार्ग भएर बिहान पौने ३ बजे पोखरा पुर्याएको हो ।

प्रहरीले लैजाँदै गर्दा ठाउँ ठाउँमा रविका समर्थक र रास्वपाका नेता कार्यकर्ताहरूले नाराबाजी र विरोध प्रदर्शन गरेका थिए । राति करिब ३ बजे लामिछानेलाई पोखरा पुर्याएको प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।हिरासतमा लिएपछि रास्वपाका कार्यकर्ताहरूले नाराबाजी गरेका छन् ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा लगेको हो । आइतबार अदालत उपस्थित गराइने भएको छ ।

आज शनिबार अदालत बिदा हुने भएकाले आइतबार मात्रै उनलाई म्याद थपका लागि अदालत लगिने भएको हो । लामिछानेलाई ठगी र संगठित अपराधमा अनुसन्धान गर्नका लागि शुक्रबार अदालतले पक्राउ गर्न अनुमति दिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.