भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

राष्ट्रिय सभा अध्यक्षका आज उम्मेदवारी दर्ता आज उम्मेदवारी दर्ता

राष्ट्रिय सभा अध्यक्षका आज उम्मेदवारी दर्ता आज उम्मेदवारी दर्ता

काठमाडौँ । ​राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । फागुन २९ गतेका लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।

तालिकाअनुसार आज बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ।

मङ्गलवार बिहान ११ः बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ । अध्यक्षका लागि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले उम्मेदवार तय गरेका छन् । माओवादीका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल उम्मेदवार छन् ।

प्रमुख प्रतिपक्षी काँग्रेसका तर्फबाट युवराज शर्मा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ । २०७८ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् । काँग्रेसले युवराज शर्मालाई अघि सार्ने भएको छ ।

बाँकेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । उनी ०४५ सालमै पार्टीको बाँके सभापति भएर काम गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.