भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

रसुवामा आएको बाढीले विद्युत् उत्पादनमा ठूलो क्षति, २०० मेगावाट विद्युत् बन्द

रसुवामा आएको बाढीले विद्युत् उत्पादनमा ठूलो क्षति, २०० मेगावाट विद्युत् बन्द

काठमाण्डौ, २४ असार । रसुवामा आएको भीषण बाढीले नेपाल विद्युत् प्राधिकरणका विभिन्न जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्‍याएको छ । जसका कारण कुल २०० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।

प्राधिकरणका अनुसार, रसुवागढी जलविद्युत् आयोजनाको १११ मेगावाट क्षमताको बाँधको एउटा गेट बाढीले बगाएको छ भने आयोजनाको पुलमा पनि क्षति पुगेको छ। पुलमा क्षतिको कारण आवतजावत रोकिएको छ।

रसुवागढी आयोजनाको टेलरेसमा भौतिक क्षति नभए पनि गेग्रान जमेको छ भने पावरहाउसमा भने क्षति पुगेको छैन। यसैगरी, ६० मेगावाट क्षमताको त्रिशूली ३ ए आयोजनामा पनि बाढीले केही क्षति पुर्‍याएको छ।

भवनमा पानी पसेको र त्रिशूली ३ बी सबस्टेसनमा हिलो जमेको छ। चिलिमेको पावरहाउसमा पानी छरेको भए पनि त्यहाँ क्षति भने नभएको बताइएको छ। त्यस्तै, त्रिशूली किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बाढीले बगाएको छ, जसले विद्युत् प्रसारणमा अवरोध निम्त्याएको छ।

यी सबै घटनाका कारण त्रिशूली करिडोरमा रहेका प्राधिकरणका जलविद्युत् आयोजनाबाट कुल २०० मेगावाट विद्युत् उत्पादन अस्थायी रूपमा बन्द भएको छ। विद्युत् उत्पादनमा आएको यस अवरोधले विद्युत् आपूर्तिमा प्रभाव पर्ने आशंका गरिएको छ।

प्राधिकरणले क्षतिको मूल्यांकन गर्दै तत्काल मर्मत र पुनः सञ्चालनको तयारी थालेको जनाएको छ।प्रहरी र स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा निगरानी र उद्धार कार्यमा खटिएका छन् भने प्रभावित स्थानमा सुरक्षा र आवतजावतको व्यवस्था मिलाउने काम भइरहेको छ।

यस घटनाले जलविद्युत् आयोजनाको संरचना र प्राविधिक पूर्वतयारीमा सुधार आवश्यक रहेको विषयलाई पनि औँल्याएको छ।

भविष्यमा यस्ता प्रकोपबाट बच्न थप जोखिम व्यवस्थापन र पूर्वतयारीमा जोड दिनुपर्ने आवश्यक देखिन्छ। साथै, बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई पनि सतर्कता अपनाउन र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.