भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

जङ्गली हात्तीको आक्रमणबाट झापामा १७ वर्षमा ७४ जनाको ज्यान गयो

जङ्गली हात्तीको आक्रमणबाट झापामा १७ वर्षमा ७४ जनाको ज्यान गयो

झापा, २४ असार । झापामा जङ्गली हात्तीको आक्रमणबाट १७ वर्षमा ७४ जनाको ज्यान गएको छ । २०६५ सालदेखि अहिलेसम्ममा ७४ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका डिभिजन वन कार्यालय झापाका प्रमुख वन अधिकृत भरतबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो अवधिमा झापामा प्राकृतिक कारणबाट २५ वटा हात्ती मरेका छन् । भारतको पश्चिम बङ्गालबाट बर्सेनि जङ्गली हात्तीहरू झापाको बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्छन् । ती हात्तीहरू झापा, मोरङ र सुनसरीका वन क्षेत्रमा रहेर पुनः भारत फर्किने गरेको प्रमुख अधिकृत श्रेष्ठले बताउनुभयो ।

डिभिजन वन झापाका अनुसार २५ देखि ३० को सङ्ख्यामा रैथाने जङ्गली हात्ती बाह्रै महिना यही क्षेत्रमा रहने गरेका छन् । झापालगायत तराईका वन क्षेत्रमा हात्तीको बासस्थान सङ्कुचन, मानव बस्तीको विस्तार र जनचापका कारण जङ्गली हात्ती र मानवबीचको द्वन्द्व बढ्दो रहेको छ ।

वन क्षेत्रको संरक्षण, मानव–हात्ती सहअस्तित्वमा आधारित चेतना अभिवृद्धि, वैज्ञानिक व्यवस्थापन र स्थानीयको सहभागिता मात्रै यो समस्या न्यूनीकरण गर्न सकिने प्रमुख वन अधिकृत श्रेष्ठको भनाइ छ । रासस

 


Thali Mobile Pvt.Ltd.