भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

संसद् अवरोध–बहिष्कारमा रास्वपाको १०१ दिन, नयाँ कीर्तिमान

संसद् अवरोध–बहिष्कारमा रास्वपाको १०१ दिन, नयाँ कीर्तिमान

मुख्य बुँदा 

रास्वपाले १०१ दिनसम्म संसद् अवरोध–बहिष्कार गरेर नयाँ रेकर्ड

राप्रपाले पनि साथ दिँदै निरन्तर बहिष्कार

सुरुमा माओवादी केन्द्रले पनि साथ दिएर १८ दिन अवरोधमा सहभागी

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन माग गर्दै अवरोध सुरु

यसअघि लामो अवरोधको रेकर्ड एमालेसँग, दुई अधिवेशनमा निरन्तर अवरोध

हालसम्म प्रतिनिधि सभाको बैठक सङ्ख्या ६१ पुगेको छ

काठमाडौं, २० भाद्र । प्रतिनिधि सभाको अवरोध र बहिष्कारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ कीर्तिमान बनाएको छ।

जेठ १३ गतेबाट सुरु भएको अवरोध र बहिष्कार १०१ दिन पुगेसँगै रास्वपाले संसदीय इतिहासमै लामो अवरोध रेकर्ड बनाएको हो। यस क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि निरन्तर साथमा छ।

सुरुवाती १८ दिनसम्म प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) पनि अवरोधमा सहभागी थियो। तर, सत्तारूढ दलसँग दुईबुँदे सहमतिपछि जेठ २९ गतेबाट माओवादी केन्द्रले संसद् कामकारबाहीमा सहभागिता जनाएको थियो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै सुरु गरिएको अवरोध असार ९ गतेदेखि रास्वपाले बहिष्कारमा रुपान्तरण गरेको हो। राप्रपा भने सुरुदेखि नै बैठकमा अनुपस्थित रहँदै आएको छ। यस अवधिमा प्रतिनिधि सभाका ६१ वटा बैठक बसेका छन्।

यसअघि लामो अवरोधको रेकर्ड एमालेसँग थियो। २०७८ सालमा एमालेले दुई अधिवेशनमा निरन्तर अवरोध गरेर इतिहास बनाएको थियो। ९औँ अधिवेशनमा ५२ दिन चलेका १३ बैठक र १०औँ अधिवेशनमा ९२ दिनका ११ बैठक एमालेले अवरुद्ध गरेको थियो।

२०५७ सालमा लाउडा प्रकरणका कारण एमालेले ५७ दिन संसद् अवरोध गरेको थियो। त्यसपछि २०७८ मा एमालेकै अवरोधले नयाँ रेकर्ड बनाएको थियो, जुन अहिले रास्वपाले तोडेको छ।

 


Thali Mobile Pvt.Ltd.