भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

भन्सार शुल्क छिटो निर्णय गर्न ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा याचिका दायर

भन्सार शुल्क छिटो निर्णय गर्न ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा याचिका दायर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भन्सार शुल्कसम्बन्धी छिटो निर्णय गर्न सर्वोच्च अदालतमा याचिका दायर गरेको छ। एपी न्यूजका अनुसार बुधबार दायर गरिएको याचिकामा संघीय कानूनअनुसार व्यापक आयात कर (ट्यारिफ) लगाउने अधिकार स्पष्ट गर्न माग गरिएको छ।

यसअघि अमेरिकी फेडरल सर्किट अपिल अदालतले राष्ट्रपति ट्रम्पले आपतकालीन शक्तिको दुरुपयोग गर्दै लगाएका धेरैजसो भन्सार कर गैरकानुनी भएको ठहर गरेको थियो। तर अपिल प्रक्रियाको अन्तिम निर्णय नहुँदासम्म ती करलाई कायम राख्ने आदेश अदालतले दिएको छ।

ट्रम्प प्रशासनका अनुसार अदालतको निर्णयले पाँच महिनादेखि भन्सार करमार्फत भइरहेको अन्तर्राष्ट्रिय वार्ता अस्थिर बनाएको छ। यसले अमेरिका र विदेशी साझेदारबीच भएका सम्झौता खतरामा पारेको ठहर पनि गरिएको छ।

तर, साना व्यवसायीहरूले भने भन्सार शुल्कका कारण आफूहरू पीडित भएको दाबी गर्दै आएका छन्। अहिलेसम्म यस्ता भन्सार करमार्फत अमेरिकी राज्यकोषमा एक सय ५९ अर्ब डलरभन्दा बढी राजस्व संकलन भइसकेको तथ्यांक सार्वजनिक भएको छ।

 


Thali Mobile Pvt.Ltd.