भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

हङकङका आवासीय भवनमा आगलागी हुँदा ४४ काे मृत्यु, २७९ बेपत्ता

हङकङका आवासीय भवनमा आगलागी हुँदा ४४ काे मृत्यु, २७९ बेपत्ता

हङकङ, एजेन्सी । हङकङको उत्तर ताई पो जिल्लामा ३५ तले गगनचुम्बी आवासीय भवनमा भीषण आगलागी भएको छ । अधिकारीहरूले जनाए अनुसार यसमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ भने हालसम्म २७९ जना बेपत्ता रहेका छन् ।

आगो नियन्त्रणमा आउन धेरै समय लागेको र घटनास्थलमा ८०० भन्दा बढी अग्नि नियन्त्रक खटाइएको छ । भवनको भित्री संरचना बाँस र पोलिस्टिरिन फोम जस्ता ज्वलनशील सामग्रीबाट बनेको भएकोले आगो अत्यन्त छिटो फैलिएको अनुमान गरिएको छ । कैयौँ व्यक्तिहरूलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

आगलागीको कारण खुल्न बाँकी छ । आगलागीपछि ठूलो मानवीय क्षति भएपछि भवन निर्माण कम्पनीका तीन कर्मचारीलाई पक्राउ गरिएको छ । हङकङमा आवासीय भवन निर्माण गर्दा अत्यधिक मात्रामा बाँसको प्रयोग हुने गरेको बताइएको छ ।

घटनास्थलबाट सार्वजनिक भएका भिडियोमा कालो धुवाँको विशाल मुस्लो आकाशतर्फ उडिरहेको देख्न सकिन्छ । अधिकारीहरूले उद्धार कार्य जारी राखेका छन् र बेपत्ता व्यक्तिहरूको खोजी जारी छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.