भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

बिआरआई सम्झौतामा ‘लोन’ शब्द छैन्ः मन्त्री राणा

बिआरआई सम्झौतामा ‘लोन’ शब्द छैन्ः मन्त्री राणा

काठमाडौं । चिनियाँ सहयोग परियोजना ‘बेल्ट एण्ड रोड इनिसियिटभ बिआरआई’ सम्झौतामा ‘लोन’ नभएको परराष्ट्र मन्त्री आरजु राणाले बताएकी छिन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको जारी बैठकमा बोल्दै पराराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा भएको सम्झौतामा ‘लोन’ नै नरहेको बताएकी हुन ।

‘प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा भएको बिआरआई सम्झौतामा ऋण लिने बारे कुनैपनि कुरा उल्लेख गरिएको छैन, जसरी ऋण लिनेगरी सम्झौता भयो भनिदै आएको छ, यो तथ्यहीन छ,’ उनले सांसदहरूको प्रश्नको जवाफ दिदैँ भनिन्,’सम्झौतामा ग्रान्‍ड र एड भन्ने शब्द मात्र प्रयोग गरिएको छ, ‘लोन’ भन्ने शब्द कही कतै छैन, सय पटक पढे पनि लोन शब्द भेटिन्न ।’

प्रधानमन्त्री केपी शर्मा ओली गत मंसिर १७ देखि २० सम्म चीन भ्रमणको क्रममा चीचीनमा एकरूपता कायम गरिएको उनले जनाएकी छिन् ।