भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रोहिंगिया घुसपैठको आशङ्कामा जोगवनी नाकामा कडाइ, परिचयपत्र अनिवार्य

रोहिंगिया घुसपैठको आशङ्कामा जोगवनी नाकामा कडाइ, परिचयपत्र अनिवार्य

मुख्य बुँदा 

जोगवनी नाकामा नेपाल प्रवेश गर्नेहरूका लागि परिचयपत्र अनिवार्य गरिएको छ ।

मोरङ जिल्ला सुरक्षा समितिको निर्णयपछि सीमा निगरानी कडा बनाइएको छ ।

अवैध घुसपैठ र आपराधिक गतिविधि रोक्न चेकिङ कडाइ गरिएको हो ।

रोहिंगिया घुसपैठ हुन सक्ने आशङ्कामा विशेष सतर्कता अपनाइएको दाबी ।

कलकत्ता–जोगवनी रेलमार्गलाई मुख्य जोखिम क्षेत्र मानिएको छ ।

रेल आउने समयमा विशेष सुरक्षा जाँच र निगरानी व्यवस्था लागू गरिएको छ ।

तालिमप्राप्त कुकुरसहित सुरक्षा टोली परिचालन गरिएको छ ।

फरार कैदीहरूको आवतजावत रोक्न पनि निगरानी बढाइएको छ ।

विराटनगर, २७ बैशाख । मोरङको सीमावर्ती क्षेत्र जोगवनी नाकामा सुरक्षा निगरानी कडा पारिएको छ । नेपाल प्रवेश गर्ने सबैका लागि परिचयपत्र अनिवार्य गरिएको छ । मोरङ जिल्ला सुरक्षा समितिको बैठकले अवैध घुसपैठ र आपराधिक गतिविधि रोक्न यस्तो निर्णय गरेको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार यो निर्णय नेपाल–भारतबीचको कुनै औपचारिक सहमति नभई पूर्ण रूपमा आन्तरिक सुरक्षा सतर्कता हो । उनले सीमामा अवैध घुसपैठको सम्भावना देखिएकाले चेकजाँच कडा बनाइएको बताए ।

सुरक्षा स्रोतका अनुसार भारतको पश्चिम बंगालमा राजनीतिक परिवर्तनपछि रोहिंगिया मुस्लिमहरू विस्थापित भएर नेपाल छिर्न सक्ने आशङ्का गरिएको छ । भारतीय सञ्चारमाध्यममा समेत यसबारे विभिन्न दाबी र भिडियोहरू सार्वजनिक भइरहेका छन्, यद्यपि यसको आधिकारिक पुष्टि नभएको स्रोतको भनाइ छ ।

प्रशासनले विशेषगरी कलकत्ता–जोगवनी रेलमार्गबाट ठूलो संख्यामा मानिस प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै निगरानी बढाएको छ । रेल आउने समयमा परिचयपत्र जाँच कडा बनाइएको र आवश्यक परे विशेष सुरक्षा उपाय अपनाइने बताइएको छ ।

यसका साथै सीमामा अवैध घुसपैठ रोक्न तालिमप्राप्त कुकुरसहितको सुरक्षा टोली पनि परिचालन गरिएको छ । फरार कैदीहरूको आवतजावत रोक्नु पनि निगरानी बढाउनुको अर्को कारण रहेको प्रशासनले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.