भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पोखरामा ५० लाख ऋण घोटाला: श्रीमानको किर्ते हस्ताक्षर, श्रीमतीसहित दुई पक्राउ

पोखरामा ५० लाख ऋण घोटाला: श्रीमानको किर्ते हस्ताक्षर, श्रीमतीसहित दुई पक्राउ

कास्की, २७ बैशाख । पोखरामा जग्गा धितो राखी किर्ते गरेर ५० लाख रुपैयाँ ऋण निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं. ३० ढुङ्गेपाटन बस्ने ५२ वर्षीय मोहन बहादुर शाहीको नाममा दर्ता रहेको कित्ता नं. २४४४ र २४४७ को जग्गा निजकै श्रीमती ४४ वर्षीया वन्ती शाही र सुर्खेत चौकुने गाउँपालिका घर भई हाल पोखरा–१० बुद्धचोक बस्ने ४४ वर्षीय भद्र थापाले किर्ते गरी ऋण निकालेका हुन्।

उनीहरूले मोहनबहादुर शाहीको सहीछाप किर्ते गरी सिद्धार्थ बैंक लिमिटेडको तालचोक शाखाबाट ५० लाख रुपैयाँ ऋण लिएको जाहेरी परेपछि प्रहरीले अनुसन्धान थालेको हो।

इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको टोलीले २०८३ वैशाख २५ गते शाही र थापालाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.