काठमाण्डौ । प्रहरीले काठमाण्डौबाट दुई जनालाई पक्राउ गरेको छ । अवैध अन्तर्राष्ट्रिय आगमन कल बाइपास अर्थात् (भिओआइपी) सञ्चालन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रूपमा भिओआइपी सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दुइजनामाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाण्डौबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका–५ घर भई बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज गाउँपालिका–४ घर भई कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन् ।
के हो भिओआइपी ?
भिओआइपीको पूरा रुप भ्वाइस ओभर इन्टरनेट प्रोटोकल हो। यस्तो कार्य अनुमति प्राप्त दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुले मात्र राजस्व तिरेर सञ्चालन गर्न पाउँछन् । अबैध रुपमा सञ्चालन गरेको गेट वे मा इन्टरनेट मार्फत प्राप्त भएको अन्तराष्ट्रिय आगमन कललाई सेवा प्रदायकहरुले विभिन्न सिमकार्डहरु प्रयोग गरी आन्तरिक कल मार्फत गन्तव्य सम्म पुर्याउने कार्य नै अबैध भिओआइपी हो ।
कसले कसरी गर्छ अवैध भिओआइपी
अबैध भिओआइपी सञ्चालन गर्नका लागि भिओआइपी गेट वे (सिम बक्स), इन्टरनेट, सिमकार्ड, रिचार्जकार्ड, पावर ब्याकअप र इन्टरनेशनल कल क्यारियरहरुको आवश्यकता पर्दछ । जब विदेशबाट प्राप्त हुने आगमन कलहरुलाई इन्टरनेशनल क्यारियर मार्फत अबैध रुपमा संचालन गरेको भिओआइपी गेट वे (सिमबक्स) को आइपी एड्रेस मा इन्टरनेटको माध्यमद्वारा कल आउने गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सर्लाही, ६ जेठ । सर्लाहीको पर्सा गाउँपालिका–६ मा पर्ने हुलाकी सडक खण्डबाट प्रहरीले २४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित दुई युवकलाई पक्राउ गरेको छ। बुधवार साँझ भारतीय नम्बर प्लेटको...
धरान, १८ वैशाख । सशस्त्र प्रहरी बलले सुनसरीको धरान उपमहानगरपालिका–१३ निशाने डाँडा नजिकै कोशी लोकमार्गमा ७८३ किलोग्राम गाँजासहितको ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल...
धनगढी, १५ वैशाख । कैलालीबाट हतकडीसहित फरार भएकी एक थुनुवा महिलालाई भारतको पलियाबाट पक्राउ गरिएको छ। मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी ५० वर्षीया मीना शाही दमाई शनिबार जिल्ला सरकारी वकिलको...
रुपन्देही, ६ वैशाख । बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार, टिका बिष्ट क्षेत्री नामक युवतीलाई कम्मरको भागमा गोली लागेको हो। प्रहरीका अनुसार,...