भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

काठमाडौंबाट दुई जना युवा पक्राउ, के हो भिओआइपी ?

काठमाडौंबाट दुई जना युवा पक्राउ, के हो भिओआइपी ?

काठमाण्डौ । प्रहरीले काठमाण्डौबाट दुई जनालाई पक्राउ गरेको छ । अवैध अन्तर्राष्ट्रिय आगमन कल बाइपास अर्थात् (भिओआइपी) सञ्चालन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रूपमा भिओआइपी सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका दुइजनामाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाण्डौबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका–५ घर भई बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज गाउँपालिका–४ घर भई कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन् ।

के हो भिओआइपी ?
भिओआइपीको पूरा रुप भ्वाइस ओभर इन्टरनेट प्रोटोकल हो। यस्तो कार्य अनुमति प्राप्त दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुले मात्र राजस्व तिरेर सञ्चालन गर्न पाउँछन् । अबैध रुपमा सञ्चालन गरेको गेट वे मा इन्टरनेट मार्फत प्राप्त भएको अन्तराष्ट्रिय आगमन कललाई सेवा प्रदायकहरुले विभिन्न सिमकार्डहरु प्रयोग गरी आन्तरिक कल मार्फत गन्तव्य सम्म पुर्‍याउने कार्य नै अबैध भिओआइपी हो ।

कसले कसरी गर्छ अवैध भिओआइपी
अबैध भिओआइपी सञ्चालन गर्नका लागि भिओआइपी गेट वे (सिम बक्स), इन्टरनेट, सिमकार्ड, रिचार्जकार्ड, पावर ब्याकअप र इन्टरनेशनल कल क्यारियरहरुको आवश्यकता पर्दछ । जब विदेशबाट प्राप्त हुने आगमन कलहरुलाई इन्टरनेशनल क्यारियर मार्फत अबैध रुपमा संचालन गरेको भिओआइपी गेट वे (सिमबक्स) को आइपी एड्रेस मा इन्टरनेटको माध्यमद्वारा कल आउने गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.